डिजेल र पेट्रोलमा पूर्वाधार कर घटाउने अर्थ मन्त्रालयको निर्णय

Artha mantralaya

काठमाडौँ । अर्थ मन्त्रालयले डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर घटाउने निर्णय गरेको छ । इन्धनको मूल्य बढेको भन्दै आलोचना भएपछि मन्त्रालयले बुढीगण्डकी जलविद्युत आयोजनाका लागि संकलन गर्दै आइरहेको पूर्वाधार कर घटाउने निर्णय गरेको हो ।

सरकारले डिजेल र पेट्रोलमा प्रतिलिटर १०–१० रुपैयाँका दरले पूर्वाधार कर लगाउँदै आएको थियो । हाल पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको १६३ रुपैयाँ छ ।

अर्थ मन्त्रालयले मंगलबार पूर्वाधार कर घटाएर उद्योग मन्त्रालयलाई पठाएको छ । जसअनुसार अब मूल्य घट्नेछ  । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्षमा पूर्वाधार कर घटाउने बताएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...