नेपालको अवस्था श्रीलङ्काको जस्तो हुन सक्ने सांसद पाण्डेको चेतावनी

Surendra

काठमाडौं । नेकपा एमालेका सांसद सुरेन्द्र पाण्डेले हरेक महिना १२ देखि १५ करोड डलर घट्दै गएको बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा आर्थिक वर्ष २०७९–०८० को बजेटमाथिको छलफलमा भाग लिनुहुँदै सांसद पाण्डेले डलरको सञ्चिति घट्ने क्रम जारी रह्यो भने नेपालको अवस्था श्रीलङ्काको जस्तो हुनेसक्ने चेतावनी दिएका हुन ।

‘यस वर्षको हाम्रो नौ अरब ६१ करोड डलर रिजर्भ छ । दुई अर्ब ७० करोड डलरको साउनदेखि अहिलेसम्म डिपोजिट घटेको छ । हरेक महिना १२ देखि १५ करोड डलर घट्दैछ’ उनले भने, ‘‘डलरको डिपोजिट घटिरह्यो भने हाम्रो आयात घट्नेछ । हामीले फरेन करेन्सी दिन सक्दैनौं ।’

तपाईंले फरेन करेन्सी दिन सक्नुभएन भने १२ खर्ब ४० अर्ब रेभिन्यू कसरी कलेक्ट गर्न सक्नुहुन्छ ? भनेर उनले प्रश्न गरे । पूर्वअर्थमन्त्री समेत रहेका पाण्डेले कृषि मलको आपूर्तिबिना कृषि उत्पादन कसरी हुनसक्छ भनेर पनि प्रश्न गरे ।

‘सरकारले बजेट मार्फत् धान, मकै, गहुँलगायतका केही कृषिजन्य वस्तुको आयात ३० प्रतिशतले कटौती गर्ने भनेको छ', उनले भने, ‘बजेट पूरै कृषि उत्पादन केन्द्रित भएको भनिएको छ । तर, मल नै नभई कसरी उत्पादन वृद्धि हुन्छ, अर्थमन्त्रीज्यू ? चालू आर्थिक वर्षको भन्दा अझ मल आयातमा बजेट कटौती गरेर कसरी उत्पादन बढाउन सकिन्छ ?’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...