राष्ट्रपति भण्डारीद्वारा बडीमालिकाको पूजा–आराधना

Rastrapati

बाजुरा । राष्ट्रपति विद्यादेवी भण्डारीले बडीमालिकामा आज बिहान पूजा–आराधना गरेकी छन् । जिल्लाको खप्तडमा लाग्ने गंगादशहराका बेला देशका प्रतिष्ठित व्यक्तित्वले बडीमालिका र खप्तडमा पूजाआजा गर्ने प्रचलन रहेको छ । 

जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको बडीमालिकामा जेठ महिनामा लाग्ने गंगादशहराको पहिले नै बडीमालिकाको पूजा गर्ने प्रचलनानुसार आज राष्ट्रपति भण्डारीले पूजा–आराधना गरेको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए । 

बडीमालिकाको पूजा सकेर राष्ट्रपति भण्डारी सुर्खेत फर्किएकी छन् । बडीमालिकामा राष्ट्रपति भण्डारीको आगमनले यहाँको पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस