धनकुटामा माओवादीको कुटिल चाल : बैशाख ३० मा कांग्रेस र जेठ १६ मा एमालेसँग चुनावी तालमेल !

यस्तो छ गोप्य रुपमा गरिएको सहमति पत्र

Dhankuta uml maoist sahamati

धनकुटा । केन्द्रमा भएको सत्ता गठबन्धनबीचको सहमति विपरित धनकुटामा सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग सहकार्य गरेको खुलेको छ ।

गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेलाई पराजित गर्न धनकुटाको सात वटै पालिकामा नेपाली कांग्रेस नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले गठबन्धन गरेका थिए । तर, सोमबार भएको कार्यपालिकाको निर्वाचनमा माओवादी केन्द्र र नेकपा एमालेबीच गठबन्धन भएकोे खुलेको छ ।

कार्यपालिकाको निर्वाचनपछि सार्वजनिक भएको गोप्य सहमित पत्रमा नेकपा एमालेका केन्द्रिय सदस्य राजेन्द्र राई, माओवादी केन्द्रका केन्द्रिय सदस्य हेमराज भण्डारी, धनमाया विकसहित एमालेका जिल्ला अध्यक्ष इन्द्रमणी पराजुली र माओवादीका जिल्ला संयोजक डिल्लीराम राईले हस्ताक्षर गरेका छन् ।

धनकुटाको सात वटै पालिकामा नेकपा एमाले र माओवादी केन्द्रबीच सहकार्य गर्ने उल्लेख गरिएको सो सहमति पत्रमा मिति उल्लेख भने उल्लेख गरिएको छैन । धनकुटाको महालक्ष्मी नगरपालिकामा दलित र अल्यसंख्यकबाट नेकपा एमालेका ३ निर्वाचित भएपछि सो सहमति पत्र बाहिरिएको थियो ।

गोप्य रुपमा गरिएको सहमति अनुसार महालक्ष्मी नगरपालिकामा गठबन्धनका ३ जना उम्मेदवार पराजित भएसँगै एमालेसँग भएको सो गोप्य सहमित पत्र सार्वजनिक भएको छ । यसले नेपाली कांग्रेसलाई झस्का दिएको छ ।

स्थानीय तहको निर्वाचनमा भएको सहमति विपरित माओवादीले एमालेसँग सुटुक्क अर्काे सहमति गरेपछि धनकुटामा रहेका गठबन्धन शंकाको घेरामा परेको छ । साथै गठबन्धन नतोडिदै माओवादीले जिल्लामा एमालेसँग सहकार्य गरेपछि तीव्र रुपमा माओवादीको आलोचना भइरहेको छ ।

धनकुटाका ४ वटा पालिकामा नेकपा एमाले र ३ वटा पालिकामा, गठवन्धनको बहुमत आएको छ । अन्तिम मत परिणाम अनुसार, धनकुटा नगरपालिका, महालक्ष्मी नगरपालिका र छथर जोरपाटी गाउँपालिकामा गठवन्धनको बहुमत आएको छ । त्यस्तै पाख्रिवास नगरपालिका, साँगुरीगढी गाउँपालिका, सहिदभूमि गाउँपालिका र चौविसे गाउँपालिकामा भने नेकपा एमालेको कार्यपालिकामा बहुमत आएको छ ।

धनकुटा नगरपालिकामा गठवन्धनका कृष्णमाया श्रेष्ठ, ज्ञानु राई, मञ्जु कार्की, मनकला लङ्वा (लिम्बू), रेजीना हिङमाङ, दिलकुमार राई, भोगेन्द्रकुमार राई, सुरेन्द्र राई (आठपहरिया) विजयी भएका छन् । यसैगरी सहिदभूमिमा नेकपा एमालेका प्रकाश राई, सावित्रा राई, दिवानी राई, मधु भण्डारी, विनिता राई र वालिका विश्वकर्मा विजयी भएका छन् ।

छथरजोरपाटी गाउँपालिकामा गठवन्धनको तर्फका रामबहादुर राई, फूर्वा रेन्जि शेर्पा, धनमाया विक, मिना लिम्बू, रामप्यारी विष्ट र मिङ्मा शेर्पा विजयी भएका छन् । महालक्ष्मी नगर कार्यपालिकामा पनि गठवन्धनको बहुमत आएको छ । गठवन्धनको तर्फबाट उम्मेदवार बनेका याम लिम्बूखिम, मिना खपाङ्गी, कमला सुन्दास, मनकुमारी वि।क।, गोकर्ण तुम्वा निर्वाचित हुँदा नेकपा एमालेबाट अम्विका थापा, प्रिन्सा थापा र कुलबहादुर सुन्दास निर्वाचित भए ।

चौविसे गाउँ कार्यपालिका सदस्यमा नेकपा एमालेका उम्मेदवारहरु देवकुमारी गजमेर, लक्ष्मी माया मगर, वेनु याखा, छलमाया राई, नारायणकुमार परियार र शारदा देवान निविरोध भएका छन् । यसैगरी साँगुरीगढी गाउँपालिकामा नेकपा एमालेका तर्फबाट बालकृष्ण राई, भलकमान राई, उर्मिला राई, वुद्धिकुमारी लिम्बू, ज्योति राई, निर्मला दर्जी निर्वाचित भए । निर्वाचित कार्यपालिका सदस्य मध्ये भलकमान राई गोलाप्रथाबाट निर्वाचित भएका हुन् ।

पाख्रिवास नगर कार्यपालिका सदस्य निर्वाचनमा नेकपा एमालेको एकल वहुमत आएको छ । पाख्रिबासमा तारादेवी ढकाल (धमला), विष्णुमाया विश्वकर्मा, गिता परियार, सितादेवी वस्नेत, सरिता कार्की, इन्द्रकुमार राई, नगेन्द्र राई, रुपबहादुर विश्वकर्मा कार्यपालिका सदस्य निर्वाचित भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एकीकृत समाजवादीबाट फेरिए चार मन्त्री र एक राज्यमन्त्री, जीवनराम र मेटमणिको ‘इन्ट्री’ (सूचिसहित )

New mantri samajwadi

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । नेकपा एकीकृत समाजवा...