आगामी आर्थिक वर्षको बजेटले परम्परागत संस्कार चिर्न सफल भएको छ :अर्थमन्त्री शर्मा

Janardan sharma 1

 


काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटले परम्परागत संस्कार चिर्न सफल भएको दाबी गरेका छन् । बजेट वक्तव्य लगत्तै सोमबार पत्रकार सम्मेलन गरेका अर्थमन्त्री शर्माले पहिलो पटक बजेट उत्पादन केन्द्रित, जन अपेक्षा अनुरुप तथा वर्तमान मागको आवश्यकतालाई सम्बोधन गर्ने गरी आएको बताए ।

 ‘बजेटको परम्परा के छ भने, मेरो क्षेत्रमा बजेट प¥यो कि परेन रु, कति पर्यो रु यस्तो चासो छ’ अर्थमन्त्री शर्माले भने, ‘वास्तविक बजेटले महत्व विकास निर्माणलाई, वास्तविक विकासलाई, रोजगारीलाई, शिक्षा स्वास्थ्यलाई तथा भौतिक पूर्वाधारलाई महत्व दियो कि दिएन रु सम्बोधन ग¥यो कि गरेन रु भन्ने मुद्दा महत्वपूर्ण हो । जुन अहिलेको बजेटले सम्बोधन गरेको छ’ अर्थमन्त्री शर्माले भने ।

खासगरी आगामी आर्थिक वर्ष २०७९\८० को बजेटले हाल आन्तरिक तथा वाह्य क्षेत्रको प्रभाव मुलुकको अर्थतन्त्रमा पारेको प्रभाव, तीब्र आयात वृद्धि, विदेशी मुद्रा सञ्चितिमा परेको प्रभाव र बजार महँगीलाई ध्यानमा राखेर बजेट ल्याइएको बताए । बजेटले आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखि अर्थतन्त्रमा रुपान्तरण गर्ने प्रयास गरेको उनले बताए ।

बजेटले कृषि र किसानलाई सम्बोधन गरेको, निजी व्यवसायीहरुलाई सम्बोधन गरेको र समग्र मुलुकको आर्थिक रुपान्तरणकै लागि केन्द्रित भएको शर्माले बताए । सरकारले आइतबार अनुमानित आय व्ययसहितको कुल १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...