हराइरहेको तारा एयरको विमान दुर्घटना: १४ जना यात्रुको शव भेटियो, पहिचान खुल्न सकेन

Biman

काठमाडौं । तारा एयरको जहाज दुर्घटनास्थल मुस्ताङको थासा २ मा १४ जना यात्रुको शव भेटिएको छ। नेपाल नागरिक उड्ययन प्राधिकरणले दुर्घटनास्थलबाट १४ जनाको शव भेटिएको पुष्टि गरेको हो।  चालक दलका तीन जनासहित २२ जना सवार जहाज सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ को सानोसरे भीरमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो। 

भेटिएको शवको पहिचान भने खुल्न सकेको छैन । हाल सम्म १४ जनाको शव भेटिएको र पहिचान हुन बाँकी रहेको प्राधिकरणले जनाएको छ । तारा एयरको जहाज दुर्घटनास्थलबाट अहिले ३ जना सेना, चार जना शेर्पा र ९ जना स्थानीयबासीले उद्धार गरिरहेका छन्। तारा एयरको नाइन एन एईटी ट्विनअट्टर जहाज आइतवार बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोमका लागि उडेको केही मिनेटमा बेपत्ता भएको थियो।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

उदयपुरमा स्कोर्पियो दुर्घटना हुँदा दमक नगरपालिकाका कानुन अधिकृतको मृत्यु, वडाध्यक्षसहित ६ जना घाइते

Udayapur accident

धरान । उदयपुरको कटारीमा स्कोर्पियो गाडी दुर्घटना हुँदा दमक नगरपालिकाका कानुन अधिकृतको मृत्यु भएको...