काठमाडौंको फोहोर फालिने सिसडोल र बन्चरेडाँडाको ल्यान्डफिल साइट अनुगमनमा बालेन शाह

दीर्घकालीन रुपमै स्थानीयको माग सम्बोधन गरेर समाधान निकाल्नुपर्ने तर्क

Balen shah

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बलेन शाह शुक्रबार काठमाडौंको फोहोर फालिने सिसडोल र बन्चरेडाँडाको ल्यान्डफिल साइट अनुगमनमा पुगेका छन् । सिसडोल र बन्चरेडाँडामा केही दिनदेखि फोहोर विसर्जन गर्न गएका गाडीलाई विभिन्न स्थानमा अवरोध भइरहेको छ ।

विहान मात्रै मेयरमा निर्वाचित भएको घोषित भएका बालेन धन्यवाद र्‍यालीमा सहभागी भएलगत्तै सिसडोल र बन्चरेडाँडा पुगेका हुन् । बन्चरेडाँडामा फोहोर बिसर्जनका लागि गएका गाडीलाई स्थानीयबासीले कतै ढुंगाहरु राखेर अवरोध गरेका छन् भने कतै तगाराहरु राखेका छन् । ती अवरोधहरु छिचोल्दै मेयर दुर्बै डम्पिङ साइटमा पुगेका हुन् ।

उनले स्थानीयहरुसँग फोहोर व्यवस्थापनको अवस्था र उनीहरुको मागबारे छलफल पनि गरेका थिए । काठमाडौंमा करिब ३ महिनादेखि नियमित रुपमा फोहोर उठ्न सकेको छैन । स्थानीयबासीले पनि मेयर बालेनलाई सौहार्दतापूर्वाक आफ्ना मागहरु राखेका थिए ।

गत मंगलबारदेखि सरकारले प्रहरी लगाएर बन्चरेडाँडामा फोहोर विसर्जन गर्न प्रयास सुरु भएको थियो । धादिङको धुनिबेसी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका स्थानीयबासी र जनप्रतिनिधिहरूले बन्चरेडाँडामा बनिरहेको डम्पिङ साइटमा बिसर्जन गर्न नदिने अडान राख्दै आएका छन् ।

उचित क्षतिपूर्ति, मुआब्जा र विभिन्न पूर्वाधारहरुको सुनिश्चितता नगरेसम्म दीर्घकालीन रुपमै फोहोर व्यवस्थापन गर्न नदिने स्थानीयको अडान छ । शहरी विकास मन्त्रालयले बनाएको बन्चरेडाँडाको ल्याण्डफिल साइटमा फोहोर बिसर्जन सुरु भएपछि स्थानीयबासी आन्दोलित भएका हुन् ।

स्थानीयले विगतबाटै विभिन्न माग राखेर बन्चरेडाँडामा हालकै अवस्थामा फोहोर बिसर्जन गर्न नदिने अडान राख्दै आएका थिए । तर सोमबार गृहमन्त्रालयमा बसेको सरोकारवालाको बैठकले बल प्रयोग गरेर भए पनि बन्चरेडाँडामा फोहोर बिसर्जन गर्ने निर्णय गरेको थियो । फोहोर बोकेका गाडीहरु बन्चरेडाँडा पुग्दा प्रहरीले सुरक्षा दिइरहे पनि स्थानीयबासीले आन्दोलन रोकेका छैनन् ।

सिसडोलस्थित ल्याण्डफिल साइट भरिएपछि काठमाडौं उपत्यकाको फोहोर बिसर्जन हुन कठीन भएको थियो । बन्चरेडाँडासम्म सिसडोलको बाटो हुँदै जानुपर्छ । त्यहाँको बाटो राम्रो नभएकाले तत्कालका लागि ग्राभेल गरेर फोहोर बोकेका गाडीहरु आउ-जाउ गर्ने व्यवस्था मिलाइएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

स्थानीयबासीले फोहोरका गाडी फेरि रोक्न सक्ने अवस्था रहेकाले दीर्घकालीन रुपमै स्थानीयको माग सम्बोधन गरेर समाधान निकाल्नुपर्ने पक्षमा महानगरपालिका छ । स्थानीयबासी भने सडकको अवस्था समेत सुधार नगरी फोहोर फाल्न सुरु गर्नु अन्यापूर्ण भएको तर्क गरिरहेका छन् ।

मेयर बालेनले स्थानीयको मागबारे थप छलफल गर्ने जवाफ दिएर फर्किएको स्थानीयबासीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...