यस्तो छ मिस नेवा सुनिता डंगोलको उमयेयरको यात्रा, जसले पाइन् तेब्बर मत

Sunita dangol ktm

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेद्वार बालेन्द्र साह निर्वाचित हुँदा मिसको उपाधि हात पारेकी सुनिता डंगोल उपमेयरमा निर्वाचित भएकी छन् ।

उनले नेकपा एकीकृतका रामेश्वर श्रेष्ठलाई फराकिलो मत अन्तरमा पराजित गर्दै उपमेयरमा विजयी भएकी हुन् । डंगोलले ६८ हजार ६१२ मत ल्याइन् । श्रेष्ठले २३ हजार ८०६ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ ।

काठमाडौं महानगरको उपमेयरमा निर्वाचित भएकी सुनिता डंगोलले सन् २०११ की मिस नेवा हुन् । उनले रञ्जना लिपिलाई विश्वभर फैलाउने अभियन्ताको रूपमा पनि काम गरेकी छन् । लिपि क्विनको नामले पनि चिनिने डंगोलले संसारका एक दर्जनभन्दा बढी मुलुक भ्रमण गरिसकेकी छिन् । उनले सामाजिक विज्ञानमा स्नातकोत्तर गरेकी छिन् ।

नेपाल भाषा विज्ञको रूपमा टेलिभिजनमा समेत काम गरेकी उनी वाक्कलामा पनि पोख्त छिन् । आफ्नो प्रस्तुतिका कारण पनि उनी युवा पुस्ताबीच चर्चाको पात्र बनेकी छिन् ।

प्रतिभाशाली युवा नेतृ उनले सुरुमा काठमाडौं महानगरको मेयर पदका लागि उम्मेदवारी दिने घोषणा गरेकी थिइन् । मेयरको आकांक्षीका रुपमा उनले प्रचारप्रसार पनि तीव्र पारेकी थिइन् ।

तर एमाले अध्यक्ष केपी ओलीले उनको एउटा अन्तर्वार्ता सुनेपछि भेट्न बोलाएका थिए । त्यसपछि उनलाई नेकपा एमालेबाट उपमेयरमा उठ्न प्रस्ताव गरिएको थियो ।

विगतमा काठमाडौंका निवर्तमान मेयर विद्यासुन्दर शाक्यको टिममा विज्ञका रूपमा पनि काम गरिसकेकी उनी अन्तिम समयमा नेकपा एमालेबाट उपमेयरको उम्मेदवार बनिन् ।

नेकपा एमालेले काठमाडौं उपत्यकामा स्वतन्त्र र युवा उम्मेदवारप्रति मतदाताको आकर्षणलाई ध्यान दिएर उनलाई उपमेयरको उम्मेदवार बनाएको अनुमान गरिएको थियो । हुन पनि उनी ठूलो मतअन्तरले उपमेयरमा विजयी भइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...