जब धरानका नवनिर्वाचित मेयर हर्क साम्पाङ यसरी सडकमा झाडु बोकेर निस्किए ...

Harka sampang 12

धरान । खानेपानी समस्यालाई मुख्य मुद्दा बनाएर चुनावी अभियानमा होमिएर धरान उपमहानगरपालिकाको मेयर बनेका शर्कराज साम्पाङले बुधबार धरानको पानी आउने मुहानमा नै पुगेर बस्तुस्थिति बुझे । उनले त्यहाँ मुहानको सरसफाइ गर्न र फोहोर नगर्न निर्देशन पनि दिए ।

त्यसकै भोलीपल्ट अर्थात् आज बिहीबार धरानलाई सफा र सुन्दर सहर बनाउने अभियान सुरु गरेका साम्पाङ आफै झाडु लिएर सडक सरसफाइ अभियानमा जुटे । धरानमा मुसलधारे वर्षा रोकिने वित्तिकै बिहीबार मेयर राईले धरानको मुख्य बजार रहेको भानुचोक र बसपार्क क्षेत्रको सरसफाइ गरे ।

मेयर आफैं झाडु लिएर बजार सरसफाइमा निस्किँदा उपमहानगरपालिकाका सफाइ कर्मचारी, नगर प्रहरी, स्थानीय बासिन्दा र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले साथ दिए ।

त्यति मात्रै होइन, मेयर साम्पाङले भानुचोकको सार्बजनिक शौचालयको समेत निरीक्षण गरेपछि सार्वजनिक शौचालय आसपासमा दुर्गन्ध फैलिए नदिन कर्मचारीलाई निर्देशन दिए । उनले बसपार्कमा जथाभावी फोहोर नफाल्न यातायात मजदुरलाई आग्रह गर्दै धरानलाई सधै सफा राखे यहाँ आउने पर्यटकहरुले आहा१ धरान भनेर प्रंशसा गर्न लायकको बनाउन धरानबासीलाई आग्रह गरे ।

मेयर साम्पाङले नगरपालिकामा बसेरभन्दा दैनिक प्रत्येक सडकको अवलोकन गर्ने र खाल्डाखुल्डी भेटिए तत्काल मर्मत गरी यातायातका साधन संचालनमा सहज पुर्‍याउने बताए ।

अवको ६ महिनामा धरानलाई क्लिन सिटिको रुपमा घोषणा गर्ने आफ्नो योजना भएकाले अव सबैले यसमा ध्यान दिन उनले आग्रह गरेका छन् । ‘अव उप्रान्त हामीले सडकमा केही पनि फोहार नफालौँ त्यसो भयो भने धरान यति सफा हुन्छ ।’

धरानको ड्रेनमा पानीको बोटल, वियरको बोटल, लगायत थुप्रिएको र जसले गर्दा लामखुट्टै आउने र त्यसैले डेँगु जस्ता समस्या पनि निम्त्याने भएकाले फोहोरको व्यवस्थापनमा लाग्न सबै धरानलेलाई उनले आग्रह गरेका छन् ।

आफुले गरेको आग्रह नमाने फोहोर फाल्नेलाई जरिवाना गर्ने नियम ल्याउन पनि आफु पछि नपर्ने उनको संकेत थियो । अभियान्ता र पत्रकारका विचमा रहेका राईले बस पार्क र टेम्पो स्टेण्डको बीचबीचमा डस्विन राख्न निर्देशन गरेका छन् । यसैविच मेयर राईले धरानको भानुचोकमा रहेको पव्लिक ट्वाइलेटको समेत निरिक्षण गरेका थिए ।

उनले कुर्सीमा बसेर धराने जनताको समस्या हल नहुने भन्दै धरानका २० वटै वडामा पालो मिलाएर जनसरोकारका विषयको अनुगमन गर्ने बताए । जनसरोकारका विषयमा मेयर आफै खटिएपछि धरानको विकासमा आमुल परिवर्तन हुने धरानवासीले अपेक्षा गरेका छन् । धरान १५ का यातायात व्यवसायी देवेन्द्र कार्कीले धरानका मेयरको कामले धरानवासीमा आशा पलाएको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनलाई लगियो रुपन्देही

Dipesh pun

काठमाडौं । काठमाडौंमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई रुपन्देही...