भारतमा भन्दा नेपालमा महँगो पेट्रोलियम पदार्थको मूल्य

Petrol pump

काठमाडौँ । भारतको तुलनामा नेपालमा पेट्रोलियम पदार्थको मूल्य नेपालमा महँगो बनेको छ । विगत लामो समयदेखि भारतको तुलनामा सस्तो मूल्य बिक्री वितरण भइरहेको पेट्रोलियमको मूल्य यतिबेला भने महँगो बनेको छ । नेपाल आयल निगमका अनुसार भारतको रक्सौलको तुलनामा नेपालमा पेट्रोल, डिजेल र मट्टितेलको मूल्य महँगो छ । रक्सौलमा पेट्रोल प्रतिलिटर १७४.७७ रुपैयाँमा बिक्री वितरण भइरहेको छ । जुन, नेपालमा प्रतिलिटर १८० रुपैयाँ बिक्री मूल्य तोकिएको छ । नेपालमा भारतको तुलनामा पेट्रोलको मूल्य प्रतिलिटर ५.२३ रुपैयाँ महँगो छ ।

यसैगरी, रक्सौलमा डिजेलको मूल्य प्रतिलिटर १५३.४४ रुपैयाँ छ । नेपालमा भने डिजेलको बिक्री मूल्य प्रतिलिटर १६३ रुपैयाँ कायम छ । जुन, भारतको तुलनामा प्रतिलिटर ९.५६ रुपैयाँले बढी हो । भारतले पछिल्लो समय निरन्तर पेट्रोलियमको मूल्य घटाइरहेको छ । भारत सरकारले भर्खरै डिजेलरपेट्रोलमा लाग्दै आएको अन्त शूल्क घटाएको थियो । जसले नेपालको तुलनामा भारततर्फ पेट्रोलियमको मूल्य सस्तो बनाएको हो ।

 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...