भारतले लगायो चिनी निर्यातमा रोक, नेपालमा असर पर्ने निश्चित

Sugar india

काठमाडौं । भारतले चिनीको निर्यातमा प्रतिबन्ध लगाएको छ । केही समयअघि भारतले गहुँको निर्यातमा पनि प्रतिबन्धको घोषणा गरेको थियो । घरेलु बजारमा मूल्य वृद्धि नियन्त्रणका लागि भन्दै भारतले चिनीको निर्यातमा प्रतिबन्ध लगाएको हो ।

पछिल्लो समय विभिन्न देशहरुले खाद्यान्न निर्यातमा रोक लगाउँदै गएका छन् । युक्रेनमाथि रुसको आक्रमणले गर्दा खाद्य संकट बढ्न सक्ने अनुमान समेत हुन थालेको छ । मलेसियाले जुन १ देखि कुखुराको मासु निर्यातमा रोक लगाएको छ । इन्डोनेसियाले हाल पाम तेलमा रोक लगाएको छ भने सर्विया र कजाकिस्तानले पनि खाद्यान्न निर्यातमा कोटा लगाएका छन् ।

भारत सरकारले जुन १ देखि लागू हुनेगरी अक्टोबर ३१ सम्म चिनी निर्यातमा रोक लगाएको हो । उखुको अफसिजन भएकाले भारतमै चिनीको मूल्य बढ्न थालेपछि नियन्त्रणका लागि भन्दै केही महिना निर्यातमा रोक लगाएको हो ।

भारतको विदेश व्यापार महानिर्देशनालयले सूचना जारी गर्दै गहुँ निर्यातमा रोक लगाएको हो । गहुँ उत्पादनमा पनि भारत विश्वको दोस्रो ठूलो मुलुक हो भने भारत ब्राजिलपछि विश्वमा धेरै चिनी निर्यात गर्ने मुलुक हो ।

भारतबाट बंगलादेश, इन्डोनेसिया, मलेसियामा सबैभन्दा धेरै चिनी निर्यात हुने गरेको छ । साथै भारतको यो निर्णयले नेपालमा समेत असर पर्नेछ । नेपालमा स्वदेशी उत्पादनले मात्रै चिनीको माग धान्न सक्दैन । यसले कालोबजारी बढ्न सक्ने जोखिम हुन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

उदयपुरमा स्कोर्पियो दुर्घटना हुँदा दमक नगरपालिकाका कानुन अधिकृतको मृत्यु, वडाध्यक्षसहित ६ जना घाइते

Udayapur accident

धरान । उदयपुरको कटारीमा स्कोर्पियो गाडी दुर्घटना हुँदा दमक नगरपालिकाका कानुन अधिकृतको मृत्यु भएको...