डोरबहादुर खपाङ्गी बने विश्वकै होचो किशोर, गिनिज बुकमा लेखाए नाम

Dor khapangi

काठमाडौं । सिन्धुलीका डोरबहादुर खपाङ्गीले विश्वकै होचो किशोरको रुपमा विश्व कीर्तिमान बनाएका छन् ।

यसअघि भारतकी ज्यो एमेगलाई सन् २००९मा सबैभन्दा होची टिनएजरको उपाधि दिइएको थियो । उनको उचाइ ६१.९५ सेमी थियो ।

७३.४३ सेन्टिमिटर अर्थात २ फिट ४.९ इन्च अग्ला १८ वर्षका खपाङ्गीले संसारकै होचा किशोर (टीनएजर) को रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाएका हुन् ।
खपांगीले गत कात्तिक दोस्रो साता नागरिकता पाएका थिए । उनलाई नागरिकता दिनुअघि जिल्ला प्रशासनले उमेर यकिन गर्न चिकित्सकको सहयोग लिएको थियो । सामान्य बोल्ने र सामान्य कान सुन्ने खपांगीले औपचारिक रुपमा पढाइलेखाइ भने गरेका छैनन् ।

उनलाई मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा गिनिज बुक अफ वर्ल्ड रेकर्डसको प्रमाणपत्र हस्तान्तरण गरिएको छ । उनलाई सोमबार पर्यटन बोर्डका सीईओ धनन्जय रेग्मीले प्रमाणपत्र दिएका हुन् । खपांगीले उपाधि ग्रहण गर्ने क्रममा सोमबार उनको साथमा उनका दाजु नरबहादुर पनि थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...