एक हप्तामै फेरि बढ्यो सवारी साधनको भाडा, अब कति पर्छ भाडा ?

Bus bhada ktm

काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाएको छ । अन्तर प्रदेशमा सञ्चालित सार्वजनिक सवारीमा भाडा बढेको यातायात व्यवस्था विभागले जनाएको छ ।

यसअघि विभागले एक साताअघि जेठ ४ गते भाडा बढाएको थियो । विभागले मंगलबारबाट लागू हुनेगरी भाडा वृद्धि गरीएको जनाएको छ । विभागले सूचना जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य बढेसँगै स्वचालित प्रणालीअनुसार भाडा वृद्धि भएको जनाएको छ ।

यात्रुवाहक सवारी साधनमा २ दशमलव १ प्रतिशतले भाडा बढेको हो । सार्वजनिक यातायातको भाडा समायोजन गर्दा इन्धनको बजार मूल्य ५ प्रतिशत भन्दा बढी बढेमा वा घटेमा वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढाइएको विभागले जनाएको छ ।

यसअघि पनि २०७८ चैत १३ गतेदेखि लागू हुनेगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहमतिमा यातायात व्यवस्था विभागले लामो दूरीका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर बढाएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...