देउवा सरकारद्धार पनि रेलमार्गको मिठो सपना : केके छन् नीति तथा कार्यक्रममा (पूर्ण पाठसहित)

Bidhyadevi bhandari

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९/८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छिन् । राष्ट्रपति भण्डारीेले जेठ १० गते सघीय संसदको दुबै सदनको संयुक्त वैठकमा  नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

सरकारले नीति तथा कार्यक्रममार्फत सडक पूर्वाधारलाई जोड दिएको छ । यस्तै सामाजिक सुरक्षा कार्यक्रमलाई पनि प्राथमिकता दिएको छ। नीति तथा कार्यक्रममार्फत दिवा खाजा कार्यक्रम कक्षा ८ सम्म कार्यान्वयनमा लगिने विषय समेटिएको छ ।

केपी ओली नेतृत्वको अघिल्लो सरकारले देखाउँदै आएको रेलमार्गको सपना प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि जगाएको छ ।

सरकारको नीति तथा कार्यक्रममा रसुवा काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गरिने तथा वीरगञ्ज काठमाडौं रेलमार्ग र काठमाडौंमा मेट्रो रेल परियोजनाको पनि विस्तृत अध्ययन गरिने उल्लेख छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा मंगलबार संसद्‌मा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा पूर्व(पश्चिम रेलमार्ग आयोजना विकासको पूर्व तयारी गरिने पनि उल्लेख गरेको छ ।

सरकारले बजेटमार्फत स्वदेशी उद्योग र उत्पादन विशेष प्राथमिकता दिँदै आयात प्रतिस्थापन गर्ने नीति लिएको छ । यसैगरी शिक्षा, स्वास्थ्य तथा कृषि उत्पादनका क्षेत्रमा सरकारले विषेश जोड दिएको छ । ऊर्जा, पर्यटन, रोजगारी र पूर्वाधार विकासका क्षेत्र पनि सरकारको नीति तथ कार्यक्रमको प्राथमिकतामा छन् ।

सरकारले शिक्षक दरबन्दीमा पुनरावलोकन गर्ने भएको छ । विज्ञान, गणित, अंग्रेजी र प्रविधि शिक्षकको अभाव नहुने गरी सामुदायिक विद्यालयमा शिक्षक र विद्यार्थीको अनुपातको आधारमा शिक्षक दरबन्दी पुनरावलोकन गरिनेछु, नीति तथा कार्यक्रममा भनिएको छ ।

नीति तथा कार्यक्रम

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनलाई लगियो रुपन्देही

Dipesh pun

काठमाडौं । काठमाडौंमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई रुपन्देही...