सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याइने

कृष्णप्रसाद भट्टराई आम सञ्चार प्रशिक्षण प्रतिष्ठान सञ्चालनमा ल्याउने

Social network

काठमाडौं । सरकारले विद्युतीय प्रणालीबाट सञ्चालन भएका व्यवसायिक रुपमा चलिरहेका सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याइने छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा सामाजिक सञ्जाललाई करको दायरामा ल्याइने उल्लेख छ ।

सरकारले डिजिटल नेपाल फ्रेमवर्कको प्रभावकारी कार्यान्वयनबाट सार्वजनिक सेवालाई सरल, सहज, सुलभ र पारदर्शी बनाउने नीति लिने नीति पनि लिएको छ ।

देशैभर उच्चगतिको इन्टरनेट सेवा उपलब्ध गराउन पूर्वाधार विस्तार र पहुँच वृद्धि कार्यक्रमलाई तीव्रताका साथ कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । सूचना प्रविधिको सुरक्षित प्रयोगका लागि साइबर सुरक्षा प्रणाली लागू गर्दै डिजिटल साक्षरता कार्यक्रमलाई अभियानको रूपमा अगाडि बढाउने सरकारी योजना छ ।

त्यसैगरी सरकारले कृष्णप्रसाद भट्टराई आम सञ्चार प्रशिक्षण प्रतिष्ठान सञ्चालनमा ल्याउने भएको छ । सरकारको नीति तथा कार्यक्रममा आम सञ्चारका क्षेत्रमा कार्यरत जनशक्तिको क्षतता अभिवृद्धिका लागि कृष्णप्रसाद भट्टराई आम सञ्चार प्रशिक्षण प्रतिष्ठान सञ्चालनमा ल्याइने उल्लेख छ ।

प्रतिकृया दिनुहोस