सरकारको नीति तथा कार्यक्रम : एक घर एक धारा सञ्चालन गरिने

Bidya bhandari in sansad

काठमाडौं । सरकारले नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अभियान दशक घोषणा गरेको छ ।

साथै सरकारले एक घर, एक धारा सञ्चालन गर्ने भएको छ । मंगलबार संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले पेश गरेको नीति तथा कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सबै तहको स्वामित्व स्थापित हुने गरी पुनर्संरचना गरिने उल्लेख छ ।

सरकारको नीति तथा कार्यक्रममा नेपाली उद्योग नेपालमै रोजगार, आफ्ना उद्योग आफ्नै व्यापार भन्ने नाराका साथ नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अभियान दशक प्रारम्भ गरिने उल्लेख छ ।

सहरी पूर्वाधारमा एकीकृत युटिलिटी कोरिडोर बनाउने घोषणा गरेको छ । सहरी पूर्वाधार निर्माणलाई व्यवस्थित र चुस्त बनाउन सडक, पुल, स्मार्ट सिटीजस्ता संरचनाको योजना निर्माणकै चरणमा दूरसञ्चार, विद्युत, ढल, खानेपानीलगायतका पूर्वाधारका लागि एकीकृत युटिलिटी कोरिडोरसहितको सहरी विकाससम्बन्धी नीतिगत व्यवस्था गर्ने घोषणा भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि माइतीघरसम्मको युटिलिटी कोरिडोर यसै आर्थिक वर्षमा प्रारम्भ गरिने उल्लेख छ ।

नीजि क्षेत्रबाट सञ्चालित ुमेक इन नेपालु र ुमेड इन नेपालु अभियानलाई सहयोग गर्ने बताएकी छन् । स्वदेशी उत्पादनलाई प्रवर्द्धन र विस्तार गर्न निवी क्षेत्रबाट सञ्चालित अभियानलाई सहयोग गर्ने बताइन् ।

यस्तै, सार्वजनिक खरिदमा स्वदेशी वस्तुको हिस्सा बढाउने लगिने भन्दै उनले गुणस्तरीय मापदण्ड अनिवार्य भएका वस्तुको नियमन अनिवार्य गरिने उनले बताइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...