नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता असोजमा सर्यो

National competition

काठमाडौं । गण्डकी प्रदेशमा जेठ २२ देखि २८ गते आयोजना गरिने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सरेको छ । युवा तथा खेलकुद मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गरी नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने जानकारी दिएको हो । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले मन्त्रीपरिषद् बैठकले नवौं खेलकुद सार्ने निर्णय गरेकोले प्रतियोगिता पछि सारिएको बताए ।

मन्त्री गहतराजका अनुसार प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएको गण्डकी प्रदेशले समेत तयारीका लागि थप समय मागेको, स्थानीय तहको निर्वाचन तथा कक्षा ११ र १२ को परिक्षा समेत परेकोले प्रतियोगिता सार्नु परेको हो । पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव डा.दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष शिव कोइराला, राखेपका सदस्य सचिव टंकलाल घिसिङ लगायतको उपस्थिति रहेको थियो ।

गण्डकी प्रदेशको ११ वटै जिल्लामा कम्तीमा एउटा खेल आयोजना गरिने तयारी भएको नवौं राष्ट्रिय खेलकुदमा दुई प्रदर्शनी सहित कूल ३८ खेल समावेश गरिएको छ । जसमा एथलेटिक्स, ब्याडमिन्टन, टेबल टेनिस, क्रिकेट, फुटबल, टेनिस, हक्की, बक्सिङ, भलिबल, जिमन्यास्टिक, कबड्डी, भारत्तोलन, सुटिङ, पौडी, ह्याण्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, बुद्धिचाल, खो खो, कराते, फुटबल, फुल कन्ट्याक्ट कराते, आईटिएफ तेक्वान्दो, सेपाकताक्रो, गल्फ, आर्चरी, साईक्लिङ, फेन्सिङ, ट्रायथलन र प्याराग्लाईडिङ रहेको छ ।

ठेलो र क्यानोइङलाई प्रदर्शनी खेलको रुपमा समावेश गरिएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो, मस्कट र नारा भने यसअघि नै सार्वजनिक भएको छ । लोगोमा गण्डकी प्रदेशको र सिंगो नेपालकै प्रतिनिधित्व हुनेगरी माछापुच्छ्रे् हिमालसँगै नेपालको राष्ट्रिय झण्डा र विभिन्न रंगलाई समावेश गरिएको छ । मस्कटमा गण्डकी प्रदेशको चिनारीको रुपमा रहेको लोपोन्मुख जनावर कस्तुरी मृग रहेको छ । नवौँको नारा ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ रहेको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...