भरतपुरमा रेणु दाहालको मतान्तर बढेको बढ्यै, ९ हजार ८३४ मतले अग्रता

Renu dahal

भरतपुर । भरतपुर महानगरपालिकामा पछिल्लो मत परिणामअनुसार सत्ता गठबन्धनको मेयरकी साझा उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहाल विजयको नजिक पुगेकी छन् ।

दाहालले अहिले ९ हजार ८३४ मतले अग्रता कायम गरेकी छन् । एक लाख १ हजार ९४५ मतगणना सकिँदा रेनुले ४३ हजार २३७ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३३ हजार ४०३ मत प्राप्त गरेका छन् ।

यस्तै स्वतन्त्रबाट उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १३ हजार २९० मत प्राप्त गरेका छन् । त्यस्तै कांग्रेसबाट उप मेयरमा उम्मेदवार चित्रसेन अधिकारीले ४४ हजार ६४७ मत प्राप्त गरेका छन् भने राप्रपाकी उम्मेदवार हिमला गुरुङले ४४ हजार ६४७ मत प्राप्त गरेकी छन् ।

प्रतिकृया दिनुहोस