१२ देशमा फैलियो ‘मङ्कीपक्स भाइरस’, नेपालमा छैन सतर्कता र तयारी

‘ट्राभल हिस्ट्री’ नदेखिएकाले ‘मंकीपक्स’ समुदायस्तर सम्मै पुगिसकेको आंकलन

Monkey pounks

काठमाडौं । कोभिड–१९ को महामारी मत्थर हुँदा अफ्रिकी मुलुक हुँदै अमेरिका र युरोपका विभिन्न देशमा अहिले नयाँ रोगको प्रकोप फैलिएको छ । पश्चिम तथा मध्य अफ्रिकामा देखिएको ‘मंकीपक्स भाइरस’ बेलायत, युरोप र अमेरिकाका १२ देशमा पुगिसकेको छ ।

बाँदरमा लाग्ने ‘मङ्कीपक्स भाइरस’ मानिसमा पनि सरेपछि त्यसबारे उच्च सतर्कता अपनाइएको छ । बेलायत र स्पेनमा त्यसको प्रभाव बढेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार हालसम्म ८० जनालाई ‘मङ्कीपक्स भाइरस’ पुष्टि भइसकेको छ भने ५० जना शङ्कास्पद बिरामी छन्  ।

युके हेल्थ सेक्युरिटी एजेन्सीका अनुसार मङ्कीपक्स भाइरसको पहिलो बिरामी अफ्रिकी मुलुक नाइजेरियाबाट आएका थिए । विश्व स्वास्थ्य सङ्गठनले हालसम्म मङ्कीपक्स भाइरस ११ राष्ट्रमा फैलिइसकेको जानकारी दिएको छ ।

अहिलेसम्म युरोपका संयुक्त अधिराज्य, स्पेन, पोर्चुगल, जर्मनी, बेल्जियम, फ्रान्स, द नेदरल्यान्ड्स, इटली, स्वीडेन लगायतका देशमा ‘मंकीपक्स’ भाइरस देखा परेको छ ।

चिकित्सकहरुका अनुसार यो भाइरस संक्रमणको स्रोत यकीन भएको छैन । मंकीपक्स संक्रमितको सम्पर्कमा नरहेकाहरुमा पनि संक्रमण भेटिएको छ । पछिल्लो समय बेलायतका संक्रमितको ‘ट्राभल हिस्ट्री’ नदेखिएकाले ‘मंकीपक्स’ समुदायस्तर सम्मै पुगिसकेको भन्ने विज्ञहरुले आंकलन गरेका छन् ।

नेपालका संक्रामक रोग विशेषज्ञहरु उक्त भाइरसले स्वरुप परिवर्तन गरेको आंकलन गर्दै कोभिड–१९ को जस्तै लहरकै रुपमा फैलिनसक्ने अनुमान गरेका छन् । मङ्कीपक्स भाइरस पहिलो पटक सन् १९५८ मा अनुसन्धानमा राखिएका बाँदरमा देखिएको थियो । यही कारणले यो भाइरसको नाम मङ्कीपक्स राखिएको थियो । मानिसमा भने सन् १९७० मा कङ्गोमा पुष्टि भएको थियो । डा। पुनका अनुसार अफ्रिकाभन्दा बाहिर व्यक्ति तथा जनावरबाट पुगेको हो ।

पछिल्लो समय देखिएको मंकीपक्स भाइरस विश्वव्यापी लहरकै रुपमा देखापरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन बताउँछन् । संक्रमित व्यक्तिको सम्पर्कमै नभएकाहरूमा पनि देखिएकाले यसको संक्रमण कसरी फैलिरहेको छ भन्ने चिन्ताको बिषय बनेको डा.पुनको भनाइ छ ।

हाल देखापरेको भाइरसलाई सामान्य रूपमा लिन नहुने भन्दै सङ्गठनले उक्त भाइरस गैरस्थानीय देशमा देखिएकाले असामान्य रहेको बताएको छ । सङ्गठनले भाइरस प्रभावित देश तथा अन्य निकायसँग बैठक बसेर भाइरस कम गर्न काम गरिरहेको जनाएको छ । प्रभावित हुन सक्ने मानिसलाई खोज्न र रोग व्यवस्थापन गर्न सङ्गठनले सहयोग गरिरहेको छ । भाइरस नियन्त्रणका लागि सङ्गठनले विज्ञ र प्राविधिक सल्लाहकार समूहहरूको बैठक जारी राख्ने जनाएको छ ।

डा. पुनका अनुसार मङ्कीपक्स भाइरस सङ्क्रमण भएको पाँचदेखि २१ दिनभित्र लक्षण देखिन्छ । सुरुको अवस्थामा लक्षण अरू सङ्क्रामक रोगसँग मिल्दोजुल्दो देखिने भन्दै उहाँले ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, जाडो हुने, लिम्फ ग्रन्थी सुन्निनेजस्ता प्रारम्भिक लक्षण देखापर्छ ।

प्रारम्भिक लक्षण देखिएको एकदेखि तीन दिनमा अनुहार तथा शरीरमा पानीका फोकाजस्ता बिबिरा देखिने, फुट्ने, सुक्ने र झर्ने गर्छन् । बिबिरा अनुहार तथा हातखुट्टामा बढी देखिने र दुईदेखि चार हप्तामा आफैँ निको हुने गर्छ ।

मङ्कीपक्स भाइरसले निमोनिया, अन्धोपनजस्ता जटिलता ल्याउन सक्छ । मङ्कीपक्स भाइरस मानिसमा सङ्क्रमित जनावरको शरीरबाट निस्कने तरल पदार्थ वा रगतबाट सर्न सक्ने हुँदा त्यसबाट बच्नुपर्ने चिकित्सिकहरुको भनाई छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले अफ्रिकी मुलुक, युरोप तथा अमेरिका र बेलायतमा समेत मङ्कीपक्स फैलिएको जानकारी दिँदै नेपालमा सतर्कता अपनाउनुपर्ने बताए । उनका अनुसार मङ्कीपक्स भाइरस नेपालमा भित्रन नदिन हालसम्म खास तयारी गरिएको छैन । मङ्कीपक्सको विशेष औषधि छैन तर एन्टिभाइरल भ्याक्सिन प्रयोग गर्न सकिन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनलाई लगियो रुपन्देही

Dipesh pun

काठमाडौं । काठमाडौंमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई रुपन्देही...