फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, अब पेट्रोलको १८० रुपैयाँ पर्ने

खाना पकाउने एलपी ग्यासको मूल्य पनि बढ्यो, प्रतिसिलिण्डर १८ सय रुपैयाँ पर्ने

Petrol pump

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको छ । बढेको मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने छ ।

अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पर्ने भएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिण्डर २०० रुपैयाँ बढेको छ । अब एक सिलिण्डर ग्यासको मुल्य १८ सय रुपैयाँ पर्नेछ ।

हवाई इन्धन (अन्तरिकतर्फ) को मूल्य पनि बढेको छ । १० रुपैयाँ बृद्धि गरेर प्रतिलिटर १६६ रुपैयाँ तोकिएको आयल निगमले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...