कोर एरियामै स्थापित तेस्रो, सिर्जना अघि बढ्दै : प्रतिद्धन्द्धीभन्दा बालेन १७ हजार ३४ मतले अगाडी

Balen lauro

काठमाडौं । काठमाडौंको मखन टोल, जनबहाल र महाबौद्ध क्षेत्रमा सत्ता गठबन्धन दल र नेकपा एमालेको राम्रो पकट मानिँदै आउको थियो । जुन ठाउँमा स्वतन्त्र उम्मेदवार बालेन शाहले कम मत ल्याउने अनुमान गरिएको थियो । तर, एकल जातीकै बाहुल्य रहेको सो क्षेत्रमा शाह अगाडी देखिएका छन् ।

काठमाडौं महानगरपालिकामा हालसम्म १ लाख ६ हजार ३५२ मत गणना भएका छन् । आइतवार बिहानसम्मको परिणामअनुसार मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो अग्रता कायम गरेका छन् ।

बालेनले ३८ हजार ३३३ मत ल्याएर निकटतम प्रतिस्पर्धी सत्तारुढ गठबन्धनकी उम्मेदवार सिर्जना श्रेष्ठसँग १७ हजार ३४ मतको मतान्तर कायम गरेका छन् ।

सत्तारुढ गठबन्धनबाट मेयरकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठले २१ हजार २९९ मत पाएकी छन् । नेकपा एमालेका केशव स्थापितले २१ हजार ८ मत पाएका छन् । उनी अहिले तेस्रोमा झरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...