८ उपमहानगरको अन्तिम परिणाम सार्वजनिक हुँदा कसले मारे बाजी ?

धरान र जनकपुरधाममा स्वतन्त्र उम्मेदवार विजय नजिक

Matgadanaaa

काठमाडौं । देशभरका ११ मध्य हालसम्म ८ उपमहानगरको अन्तिम परिणाम आएको छ ।

जसमध्ये नेपाली कांग्रेस ३, नेकपा एमाले २ तथा माओवादी र एकीकृत समाजवादीले एक(एक सिट जित्दा स्वतन्त्र एक ठाउँमा विजयी भएको छ ।

कांग्रेसबाट इटहरी उपमहानगरमा कांग्रेसका हेमकर्ण पौडेल विजय भएसँगै कांग्रेसले तीन उपमहानगरमा बाजी मारेको हो । यसअघि नेपालगञ्जमा प्रशान्त विष्ट र बुटवलमा खेलराज पाण्डे विजयी भएका थिए ।

एमालेबाट घोराही मेयरमा नरुलाल चौधरी र कलैया मेयरमा विनोद प्रसाद साह निर्वाचित भएका छन् । माओवादीबाट राजन पौडेलले जीतपुरसिमरामा र हेटौंडामा एकीकृत समाजवादीकी मीनाकुमार लामा मेयरमा विजयी भए ।

त्यसैगरी धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित भएका छन् । नतिजा आउँन बाँकी तीन उपमहानगरमध्ये धरान र जनकपुरधाममा पनि स्वतन्त्र उम्मेदवारकै अग्रता छ भने तुल्सीपुरमा एमालेको अग्रता देखिएको छ ।

धरानमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ राईले गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार किशोर राईलाई पछि पार्दा जनकपुरधाममा स्वतन्त्र उम्मेदवार मनोज कुमार साह सुडी एमालेका शिवशंकर शाहभन्दा अगाडि छन् ।

तुलसीपुरमा एमालेका उम्मेदवार टिकाराम खड्कालाई गठबन्धनका गेहेन्द्र गिरीले पछ्याइरहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...