नेवार बस्तीमा बालेनको घट्यो मत, घटेन क्रेज

प्रतिद्वन्द्वी स्थापितभन्दा १६ हजार १२६ मतको अग्रता

Balen shah 7

काठमाडौं । अहिले काठमाडौँ महानगरपालिकाका वडा नं. ६, ७, ८, ९, १०, २४, २५, २६, २७ र ३१ नम्बर वडाको गणना भइरहेको छ । १, २, ३, ४, ५, २८, २९, ३० र ३२ नम्बर वडाको गणना सम्पन्न भइसकेको छ ।

अहिलेसम्म काठमाडौँमा खसेको कुल मतमध्ये ९१ हजार ९७२ मत गणना भइसकेको छ । जसमध्ये स्वतन्त्र उम्मेदवार बालेन शाह ३३ हजार ६२४ मतका साथ अग्रस्थानमा छन् । साहले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई १६ हजार १२६ मतले पछि पारेका छन् ।

काठमाडौँका घना नेवा बस्ती मानिने क्षेत्रमा महानगर प्रमुखका लागि ठूला दलहरुबीच प्रतिष्पर्धा देखिएको छ । मखन टोल, जनबहाल र महाबौद्ध क्षेत्रमा नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारबीच प्रतिष्पर्धा देखिएको हो । महानगरमा सुरुवातबाटै अग्रता लिँदै आएका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहको यो क्षेत्रमा पकड कमजोर देखिएको छ ।

एमालेका स्थापित १८ हजार १८९ मतका साथ उनलाई पछ्याइरहेका छन् । कांग्रेसकी सिंह १८ हजार ५४ मतसहित तेस्रो स्थानमा छन्। वैशाख ३० मा सम्पन्न मतदानमा काठमाडौँमा १ लाख ८९ हजार ४२० मत खसेको थियो ।

प्रतिकृया दिनुहोस