सातामा ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

Gold

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यो साता सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको जानकारी दिएको छ । महासंघले साताभरमा आइतबारको तुलनामा शुक्रबारसम्ममा मूल्य बढेको जानकारी दिएको हो ।

 आइतबार सुनको मूल्य प्रतितोला ९६ हजार ५०० रुपैयाँ थियो । जुन शुक्रबारसम्म आइपुग्दा ८०० रुपैयाँले बढेर ९७ हजार ३०० रुपैयाँ पुगेको छ । यसबीचमा तेजाबी सुनको मूल्य पनि तोलामा ८०० रुपैयाँ बढेको महासंघले जनाएको छ ।

सोमबार सार्वजनिक बिदा भएकाले कारोबार नभएको सुनको मूल्य मंगलबार २०० रुपैयाँले बढेको थियो । यस्तै, बुधबार ९०० रुपैयाँले घटेको थियो भने बिहीबार ५०० रुपैयाँ र १०० रुपैयाँ बढेको थियो । यससँगै, यो साता समग्रमा सुनको मूल्य ८०० रुपैयाँ उकालो लागेको हो ।

यस्तै, यो साता चाँदीको मूल्य पनि बढेको छ । साताका ५ कारोबार दिनमा प्रतितोला ३० रुपैयाँले चाँदीको मूल्य बढेको महासंघले जानकारी दिएको छ । आइतबार तोलामा १२ सय ४० रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार १२ सय ७० रुपैयाँ छ ।

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...