दमकमा एमाले अध्यक्ष ओलीलाई लाग्यो धक्का, मेयरमा राप्रपाका थापा र उपमेयरका कांग्रेसकी भट्टराई विजयी

Jhapa ram0thapa

। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिकाको प्रमुखमा राप्रपाका उम्मेदवार रामकुमार थापा विजयी भएका छन् ।

उनले नेकपा एमालेका उम्मेदवार गीता कुमारी पौडेललाई ५५९ मत अन्तरले हराए । थापाले १७ हजार ५२५ र पौडेलले १६ हजार ९६६ मत पाएको निर्वाचन अधिकृत केशव प्रसाद पन्तले जानकारी दिए ।

यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार रेगिना भट्टराई विजयी भइन् । उनले १७ हजार ७२ मत पाउँदा नेकपा एमालेका उम्मेदवार अम्बिका प्रसाद खनालले १६ हजार ५७४ मत पाएका छन् ।

चुनावी चर्चाको केन्द्र रहेको यो नगरमा कांग्रेस–माओवादी र राप्रपाले एमाले विरुद्ध गठबन्धन गरेका थिए । ५८,१७६ मतदाता रहेको दमकमा ३९७३६ मत खसेको थियो । चुनावी परिणामपछि माओवादीका नगर अध्यक्ष तीर्थराज बस्नेतले आफूहरू मिलेर लामो समयदेखिको एमालेको एकाधिकार खोसेको प्रतिक्रिया दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आदिवासी जनजाति महासंघ (समाजवादी) को दोस्रो राष्ट्रिय महाधिवेशन शनिबारदेखि हुने

Janati samajwadi program

काठमाडौं । एकीकृत समाजवादी निकट नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) को दोस्रो राष्ट्रिय महाधिव...