धनकुटामा शुरु एमालेको ज्यादत्ति, गठबन्धनका उम्मेदवारलाई भोट हान्दा यसरी पिटिइन् बच्चिमाया

Bachchi rai dkt

धनकुटा । निर्वाचनमा हार जित हुनु स्वभाविकै हो । तर, धनकुटाको सहिदभुमी गाउँपालिकामा गठबन्धनलाई मत दिएको भन्दै नेकपा एमालेका कार्यकर्ताहरुले स्थानीयलाई कुटपिट गरेका छन् ।

धनकुटाको सहिदभुमी गाउँपालिकाको प्रमुखमा नेकपा एमालेका मनोज राई १८२ मतको अन्तरले विजयी भएका थिए । उनका प्रतिद्धन्द्धी नेकपा समाजवादीका जेवी राईलाई मत दिएको भन्दै सहिदभुमी गाउँपालिका वडा नं. ६ सुके आहालमा आज विहान साँढे ६ बजेतिर एमालेका कार्यकर्ताहरुले ४६ वर्षीय बच्चिमाया राईलाई कुटपिट गरेको स्थानीय रुद्र राईले बताए ।

बच्चिमाया छिलिङ राईको उभौली चाडको लागि बुढौली खोज्न सुके आहाल गएकी थिइन् । आज पनि उनको घरमा पुजा थियो । छिलिङ राईहरुले भोली उभौली मनाउँदै छन् । उनलाई आज बिहान स्थानीय चन्द्रकुमारी राई, गुप्तामाया राई, ढम्बर कुमारी राई लगायतले गठबन्धनलाई भोटदिने ? भन्दै लछारपछार गरेका थिए ।

बच्चीमायालाई लछारपछार गरी कुटपिट गर्ने सबै नेकपा एमालेका कार्यकर्ता हुन् भने उनी नेपाली कांग्रेसकी क्रियाशील सदस्य हुन् । एमाले कार्यकर्ताहरुले कुटपिट गर्दा च्यातिएको कपडासहित नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयमा सम्पर्कमा पुगेकी छन् ।

आफुलाई कुटपिट गर्नविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिने उनले बताइन् । उनी एकल महिला हुन् । 

सहिदभुमी गाउँपालिकाको वडा नं. ६ मा यही बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा एकै व्यक्तिले धेरै जनाको मतदान गरेपछि विवाद हुँदा निर्वाचन स्थगित भएको थियो भने सो वडामा जेठ २ गते मात्रै निर्वाचन भएको थियो ।

प्रतिकृया दिनुहोस