रुपन्देहीमा विजय जुलुसको गाडी दुर्घटना हुदाँ २४ जना घाइते  

Accc

बुटवल । रुपन्देहीमा विजय जुलुसका व्यक्ति सवार एउटा गाडी दुर्घटना हुँदा करिब २४ जना व्यक्ति घाइते भएका छन् । बुधबार सिद्धार्थनगर नगरपालिका–१० को मतगणनास्थल भैरहवाको नमुना माविबाट गएको नेकपा ९एमाले०को जुलुसमा सहभागी नेता–कार्यकर्ता सवार मिनिट्रक सिद्धार्थनगर–१०, शंकरपुरमा दुर्घटनामा परेको हो । मिनिट्रक अनियन्त्रित भएर पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

घाइतेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आदिवासी जनजाति महासंघ (समाजवादी) को दोस्रो राष्ट्रिय महाधिवेशन शनिबारदेखि हुने

Janati samajwadi program

काठमाडौं । एकीकृत समाजवादी निकट नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) को दोस्रो राष्ट्रिय महाधिव...