भक्तपुरको मेयरमा २६ हजार मतान्तरले प्रजापति विजयी, सबै पदमा नेमकिपाको बर्चस्व

Sunil parjapati

भक्तपुर । भक्तपुरको भक्तपुर नगरपालिकाका सबै पदमा नेमिकिपाले जित हासिल गरेको छ । नेमकिपाले मेयरदेखि वडा सदस्यसम्मका सबै पदमा विजय हासिल गरेको हो । मेयरमा नेमकिपाका सुनील प्रजापतिले २९ हजार २०० मत प्राप्त गर्दै निर्वाचीत भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ३३५२ मत पाएका छन् ।

त्यस्तै, मेयरमा नेकपा एमालेका रवीन्द्र लाछिमस्यूले दुई हजार ८३७, राप्रपाका बद्री लाखाजुले ११३८, माओवादी केन्द्रका तुल्सीभक्त सुवालले ७४२, राष्ट्रिय जनमोर्चाका रामभक्त किजुले ४१४ र जनता समाजवादी पार्टीका राजाराम ढुकुछुले १२१ मत पाएका छन् ।

उपमेयरमा नेपाल मजदुर किसान पार्टीकै रजनी जोशीले २९ हजार ६९५ मत ल्याएर निर्वाचित भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी रञ्जना खर्बुजाले २७८४, नेकपा एकीकृत समाजवादीका ओमचरण अमात्यले १७४२, राप्रपाकी लक्ष्मी छुस्याबागले ११८० मत ल्याएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...