सागकी स्वर्ण विजेता भारोत्तोलन खेलाडी सन्जु चौधरी मृत अवस्थामा फेला

Saann099

काठमाडौं । भारोत्तोलन खेलाडी सन्जु चौधरी मृत भेटिएकी छन् । उनी निकट स्रोतले सन्जुको मृत्युको पुष्टि गर्दै थप विवरण केहीबेरमा सार्वजनिक गर्ने बतायो । घटनाको पूरा विवरण खुल्न बाँकी छ । नेपालगञ्ज निवासी सन्जु काठमाडौंस्थित आफन्तकोमा बस्दै आएकी थिइन् । एसियाली खेलकुदको तयारीका लागि भने उनी प्रशिक्षक सञ्जय महर्जनको घरमा थिइन् ।

ललितपुरको लुभुस्थित प्रशिक्षक महर्जनको घरमा बस्दै आएकी उनी आज बिहान मृत अवस्थामा फेला परेको स्रोतले बतायो । सन् २०१९ को डिसेम्बरमा नेपालमा आयोजित १३ औं दक्षिण एसियाली खेलकुदमा सञ्जुले ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एकीकृत समाजवादीबाट फेरिए चार मन्त्री र एक राज्यमन्त्री, जीवनराम र मेटमणिको ‘इन्ट्री’ (सूचिसहित )

New mantri samajwadi

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । नेकपा एकीकृत समाजवा...