भ्रष्टाचारविरुद्धका अभियान्ता निरौलाको ल्याए ‘एक घर बराबर ५ रोपनीसम्म जग्गा बनाउँछौ टार’ भन्ने अर्काे अभियान

Sobit niraula final

धनकुटा । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले धनकुटामा क्लीन स्वीप गर्दा पाख्विास नगरपालिकामा त अरु पार्टीहरुले इन्ट्री नै पाएनन् । अर्थात् ५२ को ५२ सिट जितेर जिल्लामै एउटा इतिहास बनायो ।

त्यसयता पाख्रिवास नगरपालिकामा विकृति नै विकृति फैलियो । वृद्ध भत्ता खानेदेखि आफ्नै बारीमा झण्डै डेढ करोड लगानी लगानी गरेर सरकारी सम्पत्ति झ्वाम पार्नेसम्मका जनप्रतिनिधि भेटिए । यस्तो पनि जनप्रनिििनधि थिए, जसले एक पैसा पनि भ्रष्टाचार गरेनन् । सधैं जनताकै काममा खटिरहे । ती जनप्रतिनिधि हुन् सोवित निरौला ।

उनी धनकुटाको पाख्रीबास नगरपालिका वडा नं ४ मा गत निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट अत्याधिक मतका साथ वडाध्यक्षमा निर्वाचित भएका थिए । उनले एमालेले कम्युनिष्टको नाममा भ्रम छर्दै नगरपालिकालाई भ्रष्टाचारको अखडा बनाएपछि पटक पटक विद्रोह गरे ।

जनताको पैसामा आँखा गाड्नु हुँदैन भनी आवाज उठाएकै कारण उनलाई एमालेले एक्ल्यायो । त्यैपनि एमालेमै बसेर संघर्ष गरिरहे । अन्ततः उनी एमालेको त्यो अन्याय सहन नसकेर माधवकुमार नेपालले बनाएको नेकपा (एकीकृत समाजवादी) तिर लागे ।

एकीकृत समाजवादीतिर लागेपछि त झन उनी पाख्रिवास नगरपालिकाका जनप्रतिनिधि मात्रै होइन, एमालेका लागि आँखाको तारो नै बने । अहिले झन स्थानीय तहको निर्वाचनमा पुनः वडा नं. ४ बाटै वडाध्यक्षको उम्मेदवार बनेका छन् । उनी वडाध्यक्षको उम्मेदवार बनेपछि एमालेका लागि टाउको दुखाईको विषय पनि बनेको छ ।

पाख्रिवासमा प्रमुख र उपप्रमुख पदमा चाँही गठबन्धन भएको छ । यो गठबन्धनमा निरौला आवद्ध नेकपा (एकीकृत समाजवादी) पनि आवद्ध छ । वडाहरुमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन छ । तर उनी विना गठबन्धन एक्लै चुनावी प्रतिष्पर्धामा छन् ।

उनी वडाध्यक्ष हुँदा अत्यन्तै रुचाइएका र प्रभावशाली व्यक्ति हुन् । स्थानीय तहको गठनपछि पाख्रिबास लगायत सिंगो धनकुटामा अन्य राजनीतिक दलहरु निदाएका थिए । तर, उनले पाख्रिबास नगरपालिकामा भएको विकृति, विसंगति र भ्रष्टाचारलाई सार्वजनिक गर्दै एक्लै संघर्षमा होमिएपछि निदाएका दलहरु पनि व्यूँतिएका थिए ।

उनकै कारण धनकुटामा राजनीतिक पार्टीहरु गठबन्धनका लागि आकर्षित पनि थिए । तर दुर्भाग्य, जिल्लाका राजनीनिक दलहरुलाई आन्दोलनमा होम्याएर राजनीतिक शक्ति सन्चय गर्न उर्जा दिने उनै सोवित निरौला गठबन्धनभित्र परेनन् । उनी गठबन्धनमा नपरे पनि सबै राजनीतिक दलहरुको ध्यान भने उनीतिर परेको छ ।

उनी गठबन्धनमा नपरे पनि उनी सो वडाको लागि जित्न सक्ने उम्मेदवारको सुचीमा छन् । जनप्रतिनिधि भएपछि आफ्नो पारिश्रमिकसमेत जनताको काममा लागि खर्चिएका निरौलाले कोरोना महामारीमा आफ्नो वडावासीलाई धरान, विराटनगर, काँकडभिट्टा लगायतका ठाउँमा पुगेर औषधी ल्याएर खुवाए । आफ्नै खर्चमा गाउँ गाउँमा बाटो पु¥याए ।

पदमा विजयी भएर वडाको बिकासमा महत्वपूर्ण जिम्मेवारी निभाएका व्यक्ति हुन सोवित निरौला । विगतमा नगरमा भएका भ्रष्टचार, विकृति र विसंगतिको बिरुद्ध पटक पटक नगरसभासमेत बहिष्कार गर्ने एक मात्र जनप्रतिनिधि हुन् ।
विकास निर्माण सँगसँगै समाजसेवीको रुपमा स्थापित भएका निरौलाले चुनावी अभियानका क्रममा अघि सारेका प्रतिवद्धता पत्रले अहिले खासगरी गाउँले किसानको मत तानेको छ ।

पाख्रिबास नगरपालिका वडा नं. ४ को विकास र समृद्धिका लागि सुशासन, दीगो विकास, पारदर्शीता र जवाफदेहिता मुल विषय उठान गरेका निरौलाले जेष्ठ नागरिकलाई सम्मान र इच्छा अनुसारको सीप सिकाई स्वरोजगार बनाइने प्रतिवद्धता ल्याएपछि वृद्धवृद्धा हर्षित भएका छन् । चुनावी अभियानका क्रममा गाउँ गाउँमा पुग्दा आफ्नो मत खेर नजाओस् भन्दै आर्शिवाद दिने गरेका छन् ।

‘एक घर बराबर २ देखि ५ रोपनीसम्म जग्गा बनाउँछौ टार’ भन्ने अभियान सञ्चालन गरी टोलटोलमा हाते ट्याक्टर उपलब्ध गराउने, वेमौसमी खेतीका लागि टनेलको व्यवस्था गर्नुका साथै कृषकलाई बिउ बिजन र किटनाषक औषधी उपलब्ध गराउने, व्यवसायीक रुपमा पशुपालन गर्ने कृषकलाई २ लाख देखि ५ लाखसम्म अनुदानको व्यवस्था गरिने जस्ता प्रतिवद्धताले किसानको मन तानेको छ ।

गरिवीका रेखामुखी रहेका र जेष्ठ नागरिकहरुलाई निःशुल्क रुपमा घरघरमै गएर उपचार गरिनेछ भने स्वास्थ्य बिमाको व्यवस्था, विपन्न नागरिकलाई स्वास्थ्य कार्ड बनाई सुविधा दिने, प्रसुती क्षेत्रलाई उच्च प्राथमितामा राखी विपन्न नागरिकलाई १० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म सहयोग दिइने प्रतिवद्धताले महिलाहरुको ध्यान तानेको छ ।

‘मैले आफुले पूरा गर्नसक्ने र जनताको आवश्यकता हेरेर मात्र प्रतिवद्धता पत्र सार्वजनिक गरेको छु’, उनले भने, ‘मैले यसअघि पनि जनप्रतिनिधि हुँदा एक पैसा भ्रष्टाचार गरिनँ, अब पनि गर्दिनँ । नगरमा हुने भ्रष्टाचारको सधैं भयडाफोर गरेर नगरलाई भ्रष्टाचारमुक्त बनाउनका लागि मैले फेरि पनि वडााध्यक्षमै उम्मेदवारी दिएको हुँ ।’

 

प्रतिकृया दिनुहोस