९ महिनामा ३ अर्ब ८५ करोडको अलैँची निर्यात

Bhansar

काठमाडौँ । चालू आर्थिक वर्षको ९ महिनामा ३ अर्ब ८५ करोडको अलैँची निर्यात भएको भन्सार विभागले जानकारी दिएको छ । विभागले साउनदेखि चैतसम्मको भन्सार तथ्याङ्क जारी गर्दै करिब ४ अर्ब रुपैयाँको अलैँची निर्यात भएको जानकारी दिएको हो । यस अवधिमा ४२ लाख ६८ करोड किलोग्राम अलैँची विदेशतर्फ निर्यात भएको छ । यसमध्ये सबैभन्दा धेरै भारततर्फ निर्यात भएको छ भने पाकिस्तानतर्फ समेत निर्यात भएको तथ्याङ्क भन्सारले दिएको छ ।

भारतमा ९ महिनाको अवधिमा ३ अर्ब ८१ करोड रुपैयाँ बराबरको ४१ लाख ९८ हजार किलोग्राम अलैँची निर्यात भएको छ । यस्तै, सोही अवधिमा ३ करोड ४४ लाख रुपैयाँ बराबरको ७० हजार किलोग्राम अलैँची निर्यात भएको विभागले जानकारी दिएको छ । गत आर्थिक वर्षको यही अवधिमा ५ अर्ब ६७ करोड रुपैयाँ बराबरको अलैँची निर्यात भएको थियो । जुन, चालू आर्थिक वर्षको ९ महिनाको तुलनामा १ अर्ब ८२ करोडले बढी हो ।

 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...