विश्वभर ८० प्रतिशतले बढ्यो दादुराका घटनाहरू,अन्य रोगहरूको प्रकोप बढ्ने सम्भावना रहेको राष्ट्र संघको चेतावनी

Dadura

काठमाडौं– यस वर्ष विश्वभर दादुराका घटनाहरू लगभग ८० प्रतिशतले बढेको राष्ट्र संघले जनाएको छ । रोग वृद्धिले अन्य रोगहरूको प्रकोप बढ्ने सम्भावना तर्फ संकेत गरेको पनि राष्ट्र संघले चेतावनी दिएको छ । कोरोना भाइरस महामारीले विश्वभर गैरकोभिड रोगहरूका लागि खोप अभियानहरू अवरुद्ध भएको र यसले लाखौं बालबालिकाको जीवनलाई जोखिममा पार्न सक्ने राष्ट्रसंघीय बाल कोष युनिसेफ र विश्व स्वास्थ्य संगठनले जनाएका छन् ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार जनवरी र फेब्रुअरीमा विश्वभर १७ हजार ३ सय ३८ जनामा दादुरा देखिएको छ । गत वर्ष सोही अवधिमा ९ हजार ६ सय ६५ जनामा यो रोग देखिएको थियो ।पछिल्लो १२ महिना यता दादुराका २१ वटा ठूला प्रकोप देखिएका छन् । तीमध्ये अधिकांश अफ्रिका र पूर्वी भूमध्यसागरमा देखिएको बताइएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...