कोरोनाभाइरस जोखिम कायम रहेकाले सचेत रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

Ministry of health

काठमाडौँ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाभाइरस (कोभिड–१९) जोखिम कायम रहेकाले सचेत रहन निर्देशन दिएको छ । पछिल्लो समय कोरोना सङ्क्रमण केहि कम भएको जस्तो देखिए पनि महामारीको जोखिम कायम रहेको मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राद्वारा जारी विज्ञप्तिका उल्लेख गरिएको छ । कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि सरकारले उच्च प्राथमिकताका साथ खोप अभियान सञ्चलन गरेकाले कोरोना विरुद्धको खोप लगाउन, लगाउन प्रेरित गर्न र समयका पुगेकालाई बुस्टर डोज लगाउन प्रवक्ता मिश्राले विज्ञप्तिमार्फत आग्रह गरेकी हुन् ।पछिल्ला केहि दिनयता छिमेकी राष्ट्रहरूमा कोरोना सङ्क्रमण बढ्दो क्रममा रहेकाले वर्तमान अवस्थामा सङ्क्रमणको जोखिम कायम रहेकाले रोकथाम र नियन्त्रणका प्रभावकारी भूमिका बढाउन संवेदनशील भई जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्न गराउन उनको आग्रह छ ।

 

प्रतिकृया दिनुहोस