२०७८ साल वैशाख ०१ गते बिहीवार : बिहीवार श्री कृष्णको प्रिय दिन, यी राशिहरूको चम्किनेछ भाग्य

Rashi budhabar krishna vagawan

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 
परिवारमा नयाँ कुरा भित्र्याउने दिन हो, तर मन कल्पना र भावनामा अलमलिन सक्छ । हरेक समय आत्मिक आनन्द र मानसिक शान्तिका लागि प्रयास गर्ने समय हो । रचनात्मक समय हो, विज्ञानप्रविधिको कुनै क्षेत्रमा वा अनुसन्धान गर्ने छात्रछात्राहरूले केही गर्नसक्ने राम्रो समय छ । बौद्धिक क्षेत्र र चिन्तनमा सक्रियता देखाउने समय हो । मन भावुकता र आनन्दप्राप्तिका लागिसमेत आकर्षित बन्नसक्छ । आम्दानीका मार्गहरू खुल्ला रहनेछन् । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ५ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ ग्रां ग्रीं ग्रौं स: गुरवे नम: न्यूनतम जापसङ्ख्या : १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 
मन फुरुङ्ग हुने समय हो, सहयोगीहरूको साथ पाउनाले छिट्टै कार्य सम्पादन गर्न सकिने छ, तर घरायसी परिस्थिति सम्झँदा घरिघरि मुड अशान्त बन्नसक्छ । केही असहजता वा बाधा आइलाग्न सक्छन्, तर प्रेमभावमा भएको पवित्रता र सद्भावले सबै बाधा दूर हुनेछन् । धनार्जनका दृष्टिले उत्तम समय देखिन्छ, हाकिम वा मान्यजनको विश्वासपात्र बन्न सकिने छ, घर परिवारबाट पनि सुखद समाचार प्राप्त हुनेछ । आजको भाग्यबल ४५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ४ र शुभ रङ्ग : रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ नम: भद्रकाल्यै न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) 
औजार, हातहतियार वा सरकारसम्बन्ध ठेक्कापट्टा वा काम नै व्यवसाय हो भने राम्रो लाभ पाउने दिन हो, काममा दुविधा भए साथीभाइको सल्लाह लिन सकिने छ । माइतीपक्षको शुभ समाचार प्राप्त हुनेछ । छरछिमेकीका वा सामाजिक कामका लागि पनि केही समय छुट्याउनुपर्ने हुन्छ । अरुका समस्यामा दौडधूप गर्नुपर्ने समय छ, यसरी सहयोग गर्ने हुँदा अध्ययनमा बाधा पुग्नसक्छ, तर पनि सन्तुष्टि प्राप्त हुने दिन हो । आजको भाग्यबल २० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ३ र शुभ रङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ धरणीसुताय नम: न्यूनतम जापसङ्ख्या : १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
काम पूरा नभए पनि रमाइलो जमघटमा सहभागी बन्ने अवसर आउला । मौखिक अभिव्यक्ति, कला र सिर्जनाका कामबाट ख्याति बढ्नेछ । समय रहँदै कामको चापबाट फुर्सद पाउन सकिने छ, नचिताएको वा बिर्सिएर बाँकी रहेको धन अचानक हातमा आइपुग्ने दिन हो । सुख एवं समृद्धि बढ्नेछ, पार्टनरको इच्छानुसार खर्च हुनसक्ने भएकाले बजेटको चाँजो छ छैन, विचार पुर्याउनु होला । आजको भाग्यबल ९० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ बृं बृहस्पतये नम: न्यूनतम जापसङ्ख्या : १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 
मन भोगविलास र रमझमप्रति आकर्षित बन्नसक्छ, घरपरिवारमा सम्पर्क हुने र पतिपत्नी वा प्रेमीप्रेमिकाका बीचमा सामीप्य बढ्ने समय छ, उता काममा पनि निर्णय क्षमताको प्रशंसा हुनेछ । कृषिक्षेत्र, बनबुट्यान, काठपात र औषधी व्यवसायीहरूले खुसी हुने मौका पाउने छन्, नयाँ काममा थप लगानी गर्ने मनस्थिति बन्नसक्छ । जीवनसाथी र परिवारका सदस्यहरूको पूर्ण सहयोग रहने दिन छ । तर तपाईंको हठ र जिद गर्ने बानी छ भने समस्या निम्तिनसक्ने समय हो । आजको भाग्यबल ५५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ केशवाय नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
सामान्य मानेको लापरवाहीले समेत दण्ड/जरिवानामा पर्न सकिन्छ वा बन्दव्यापारमा मन्दी छाउने सम्भावना छ । जतिसक्दो आफ्नो कारोबारमा ध्यानकेन्द्रित गरेको जाति हुन्छ । घरायसी परिस्थिति, दाम्पत्य जीवन र आपसी तालमेलमा केही कमी रहने दिन हो । सकेसम्म हरेक व्यवहारमा ठूलाबडाको मर्यादा र सम्मानप्रति सचेतता अपनाउनु आवश्यक देखिन्छ । पढाइमा होइन, ध्यान अन्तै केन्द्रित हुनसक्छ । मनमा दुविधा छ वा बढी थकान र बोझको अनुभूति भएको छ भने आराम गरेर तन्दुरुस्त हुनु जायज हुन्छ । आजको भाग्यबल १५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ३ र शुभ रङ्ग : छिरबिरे/रङ्गीबिरङ्गी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कें केतवे नम: न्यूनतम जापसङ्ख्या : ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) 
शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ । आँट र हिम्मतले काम लिन सकेमा मनग्ये फाइदा हुनेछ । कार्यक्षेत्र र लवलाइफ दुबै क्षेत्रमा सफलता र आनन्द पाउने समय छ । पार्टनरलाई कुनै उपहार दिएमा आपसी सम्बन्ध र विश्वासमा अझ प्रगाढता छाउने छ । सरकारी कामकाज वा प्रशासनिक समस्या देखिएका छन् भने कागजपत्र मिलाउन उपयुक्त समय छ । सँगीसाथी र सहयोगीले तपाईंको काममा सहयोग गर्नेछन् । आजको भाग्यबल ६५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ बगलामुखीदेव्यै नम: न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 
दाम्पत्य जीवन सुखमय नै रहनेछ, तर थप जिम्मेबारी र दायित्व बढ्ने समय छ, घरपरिवारभित्रकै वा आफन्तको काममा अलि बढी खट्नुपर्ने दिन हो । भाग्य भरोसामा रहने होइन, स्वयं आफूलाई विश्वास गर्ने समय हो, परीक्षाको तैयारी गर्दै हुनुहुन्छ भने उत्तम परिणाम प्राप्त हुनेछ । कर्मसिद्धिको समय आएको छ, कार्यक्षेत्रमा जानकार र अनुभवीको तथा घरमा मातापिताको सहानुभूति र आशीर्वाद प्राप्त गरेमा हरेक काममा सफलता पाउन सक्नुहुन्छ । इच्छा गर्नुपर्छ, शुभचिन्तकहरूको साथ जुट्ने दिन हो । आजको भाग्यबल ८५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : रङ्गीबिरङ्गी/छिरबिरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ वास्तुदेवताभ्यो नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) 
परिश्रम र मिहिनेत गरेअनुरूप भाग्यबृद्धि गर्ने दिन हो, कुनै नजानेको जटिल समस्या छ भने प्रयास गर्नुहोला । मातापिता, अभिभावक र मान्यजनको आशीर्वचन प्राप्त हुनेछ । ठूलाबडाको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनेछ । परोपकारी समय हो, प्रेम र भाइचारा जीवन्त तुल्याउने अवसर प्राप्त हुनेछ । कामको चापबाट फुर्सद पाइने राम्रै दिन छ, विभिन्न सहयोग र उपहार पनि प्राप्त हुनेछन्, तर गलत काम र दुर्जन व्यक्तिको विश्वासमा पर्दा इज्जतमा दाग लाग्ने दिन हो । आजको भाग्यबल ९० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ९ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ गुरवे नम: न्यूनतम जापसङ्ख्या : १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 
प्रेमीप्रेमिकाका बीचमा तेस्रो व्यक्तिको प्रवेशले आपसी सम्बन्धमा कमजोरी देखिने र चिन्ता/शङ्का बढ्ने दिन छ । खर्चको मात्रामा बृद्धि हुनेछ । गुप्त र रहस्यमय सुख प्राप्त गर्ने महत्त्वाकाङ्क्षामा अङ्कुश लगाउनु बेस हुन्छ । धनार्जन गर्न नसकिए पनि दिगो स्रोत जुटाउने समय हो, चुनौतीका बीचमा सम्भावनाका बाटाहरू फेला पर्नेछन् । नयाँ काम गर्नु छ भने कानूनी पाटो ख्याल गरी सुरु गर्नु उचित हुनेछ । आजको भाग्यबल १५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ८ र शुभ रङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ वायुपुत्राय नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
लवमेटका साथमा घुम्ने, समय यापन गर्ने वा कुनै समारोहमा एकसाथ सरिक हुने अवसर मिल्नेछ । ठूलाबडालाई खुसी तुल्याएर फाइदा बटुल्ने दिन हो, कार्यक्षेत्रमा प्रशंसा मिल्नुका साथै आम्दानीको मार्गमा पनि बृद्धि गर्न सकिने छ । मौजमस्ती र आनन्दका लागि समय प्रदान गर्ने दिन हो, तथापि तरल पदार्थको कारोबार, पेट्रोल, सुगन्ध र रेडिमेड वस्त्रका व्यवसायीले लाभ पाउने सङ्केत छ । आजको भाग्यबल ०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ७ र शुभ रङ्ग : रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कुलदेव्यै नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आफूले गरेको मिहिनेतको राम्रो नतिजा हात पर्नेछ, यद्यपि आज स्वास्थ्यस्थिति र आरामप्रति सचेत बन्नु आवश्यक छ । सोचेजस्तै लाभ प्राप्त गर्न केही समय कुर्नुपर्ने हुन्छ । स्वास्थ्यस्थितिमा सामान्य असर पर्ने समय छ, खानपान र आहारविहारको अनुशासन पालना गरेको जाति हुन्छ । महत्त्वपूर्ण काम गर्नुछ भने तौरतरिका र योजनालाई गोप्य राख्ने कोसिस गर्नुहोला । शत्रु वरिपरि नै छन् भन्ने बुझेर कार्य सम्पादन गर्ने दिन हो । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ६ र शुभ रङ्ग : सेतो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ धन्वन्तरीदेवाय नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...