१८ करोडको ३० प्रतिशत ‘घुस राष्ट्र बैंकका अधिकारीले डोल्मासँग पनि मागेको थियो’

राष्ट्र बैंकका सञ्चालक डा. सुबोधकुमार कर्णले व्यवसायीसँग ३० हजार डलर घूस मागेपछि..!

Nepal rastra bank lamad news ganeshbk

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले केहीदिन अघि सार्वजनिक कार्यक्रममै नेपाल राष्ट्र बैंकका संचालक समिति सदस्यले नै ३० हजार डलर घुस मागेको सार्वजनिक गरेपछि, गभर्नर महाप्रसाद अधिकारी निलम्बनमा परे ।

के साँच्चै राष्ट्र बैंकका अधिकारीहरुले विदेशबाट नेपाल भित्रिने रकममा घुस बार्गेनिङ् गर्छन् त ? केही वर्ष अघि मात्रै गायीका आनी छोइङ डोल्मासंग पनि  १८ करोडको ३० प्रतिशत ‘घुस मागेकाे खुलाशा भएकाे छ ।


उनले हङकङमा गीत गाएरै वर्षौंसम्म जम्मा गरेको करिब १८ करोड नेपाली रुपैयाँ एकै साथ नेपाल ल्याउन खोजेकी थिइन् । तर, राष्ट्र बैंकका उच्च अधिकारीले बार्गेनिङ गरेर रकम भित्रिन नदिएको उनको आरोप थियो

लामो समयसम्म आफूले चीनमा रहँदा गरेको कन्सर्ट र परोपकारी कार्यका लागि जम्मा भएको १६ लाख ४९ हजार ९ सय ४० अर्थात १८ करोड ३१ लाख ४३ हजार ३ सय ४० रुपैयाँ राष्ट्र बैंकले रोक्का राखेको भन्दै सञ्चार माध्यममा प्रचार गरेर राष्ट्र बैंकका उच्च अधिकारीले आनीसँग ‘बार्गेनिङ’ गरिरहेको उनले खुलाशा गरेकी थिइन् ।

आनीसँग ३० प्रतिशत रकम राष्ट्र बैंकका उच्च अधिकारीले मागेका थिए,’ राष्ट्र बैंकका एक अधिकारीले भनेका थिए,‘उहाँले त्यो रकम बरु बेसाहारा र परोपकारमा खर्च गर्छु तर घुस खुवाउँदिन भन्नु भएपछि यो प्रकरण बाहिर आएको हो ।’

सम्पत्ति सुद्धिकरण अनुसन्धान विभाग र राष्ट्र बैंकको विदेशी विनिमय विभागले समेत रोक्का गरेको रकम रोक्का नगरिएको र रोक्नु पर्ने कारण नरहेको भन्दै टिप्पणी उठाएर पठाएको भएपनि राष्ट्र बैंकका तत्कालिन डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले फाइल नै ड्रोयरमा लुकाएर राखिदिएका थिए ।

आनीको नाममा हङकङबाट उक्त रकम आएको मेगा बैंकले जानकारी गराएपछि राष्ट्र बैंकले २०७५ माघ २० गते सम्पत्ति सुद्धिकरण विभागलाई पत्राचार गरेको थियो ।

 राष्ट्र बैंकका उच्च अधिकारीले गायीका डोल्माको निवासमा पटक पटक विचौलिया पठाउने गरेको समेत आनीले आफू निकटहरु समक्ष बताएकी थिइन् ।

त्यतिबेला आनी भुटानबाट फर्किएको दिन राष्ट्र बैंकबाट एक विचालीया उनकै निवासमा पुगेर बार्गेनिङ गरेका थिए ।
विचौलियाहरुले गभर्नरजी, डेपुटी गभर्नर जी, सम्पत्ति सुद्धिकरणको डिजी समेतलाई मिलाउनुपर्छ भन्दै घुस माग्ने गरेका थिए ।

त्यतिबेला राष्ट्र बैंकका उच्च अधिकारीले आनीसँग ३० प्रतिशत रकम दिए मात्रै रकम निकाल्न दिने नत्र नदिने धम्की नै दिएका छन् । १८ करोडको ३० प्रतिशत रकम भनेको ५ करोड ५० लाख हुन आउँछ । यस अघि अछामका व्यापारी पृथ्वीबहादुर शाहबाट राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ४ करोड कमिसन मागेको खुलासा भएकाे छ। यस्तै नेपाल राष्ट्र बैंक झण्डै ६ अर्ब ५० करोड रुपैयाँ घोटाला गरेको छ।

थप समाचार...

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...