८ महिनाको आर्थिक सूचक सार्वजनिक : विदेशी मुद्राको सञ्चिति कति ? (पूर्णपाठ)

Janardan sharma press meet

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विदेशी मुद्राको सञ्चिति करिब सात महिनाका लागि पर्याप्त रहेको बताएका छन् । अर्थमन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।

शर्माले सरकार वृद्धभत्ता नै दिन नसक्ने भनेर फैलाइएको अफबाहमा कुनैपनि सत्यता नरहेको प्रस्ट पारेका छन् । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मात्रै मुलुकको अर्थतन्त्रप्रति टिप्पणी गर्दै सरकारले वृद्धभत्ता समेत दिन नसक्ने अवस्था रहेको बताएका थिए ।

तर अर्थमन्त्री शर्माले सोमबार गरेको पत्रकार सम्मेलनमा त्यस्ता भनाइको खण्डन गर्दै भने, ‘चुनावको रकम पनि दिन नसक्ने, विदेशी पानी खाएर हुर्केका नागरिकहरुको कुरा सुन्यो भने बृद्ध भत्ता पनि दिन नसक्ने कुरा गर्न सकिन्छ ।’

उनले भने, ‘असार मसान्त २०७८ सम्म १३९९ अर्ब ३ करोड रुपैयाँ रहेको विदेशी विनिमय सञ्चिति १६।२ प्रतिशतले कम भई फागुन मसान्त २०७८ सम्म ११७१ रुपैयाँ कायम हुन आएको देखिन्छ । उक्त सञ्चिति करिब ६।७ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त रहेको देखिन्छ ।’

आइतबार मात्रै एमाले अध्यक्ष ओलीले मुलुकको मुलुकको पछिल्लो अर्थतन्त्रले अनिष्टको संकेत गरेको भन्दै यही अवस्था रहे जेष्ठ नागरिकहरुले भत्ता नपाउने सम्भावना रहेको बताएका थिए ।

‘अनौठो नमान्नुहोला यो नेपालका लागि अनिष्टको समय हो देशका लागि । अहिले देशको अर्थतन्त्र हेर्नुहोस् त श्रीलंका बन्दैछ नेपाल । केही समयपछि तनखा नपाए अनौठो नमान्नुहोला । तनखा दिन सक्ने अवस्था छैन । जेष्ठ नागरिकले भत्ता नपाए अनौठो नमान्नुहोला’, शिक्षक संगठनको कार्यक्रममा ओलीले भनेका थिए ।

प्रतिकृया दिनुहोस