२५ लाख रुपैयाँ पाएपछि विद्यालयको नामै फेरियो

25 lakah rs

उदयपुर । उदयपुरको एउटा विद्यालयको नाम फेरेर जग्गा दाताको नाम राखिएको छ।

रौतामाई गाउँपालिका- ८ कोप्चेमा रहेको आधारभूत विद्यालय कोप्चेको नाम संशोधन गरी जग्गादाता स्वर्गीय धर्मध्वज थापाको नामबाट विद्यालयको नाम राखिएको हो।

थापा परिवारले विद्यालयलाई २५ लाख रुपैयाँ मूल्य बराबरको ८ रोपनी १ आना १ पैसा जग्गा निःशुल्क प्रदान गरेपछि विद्यालयको नाम परिवर्तन गरिएको प्रधानाध्यापक बेदबहादुर खत्रीले जानकारी दिए।

विद्यालयको नाम संशोधन गरेर अब ‘स्व.धर्मध्जव थापा आधारभूत विद्यालय कोप्चे’ राखिएको खत्रीले बताए। शिक्षा ऐनमा आधारभूत विद्यालयलाई २० लाखभन्दा बढी नगद वा अचल सम्पत्ति प्रदान गर्ने दाताको नाममा उनीहरुले चाहे अनुसार विद्यालयको नाम संशोधन गर्ने प्रावधान छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...