राष्ट्र बैंकका सञ्चालक डा. सुबोधकुमार कर्णले व्यवसायीसँग ३० हजार डलर घूस मागेपछि..!

नेपाल राष्ट्र बैंक झण्डै ६ अर्ब ५० करोड रुपैयाँ घोटाला

Nepal rastra bank  news of nepal

काठमाडाैं । नेपाल राष्ट्र बैंकका सञ्चालक डा. सुबोधकुमार कर्णमाथि नैतिक विचलनको आरोप लागेको छ।

नेपाल राष्ट्र बैंकको सञ्चालक समितिका एक सदस्यले मुलुकको ठूलो व्यावसायिक घराना सम्बद्ध व्यवसायीसँग ३० हजार डलर (करीब ३६ लाख रुपैयाँ) घूस मागेको आरोप लागेको छ।

नेपाल राष्ट्र बैंकका सञ्चालक समिति सदस्य डा. सुबोधकुमार कर्णले चौधरी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीसँग बार्गेनिङ गरेको सूचना फेला परेकाे छ। प्रबन्ध निर्देशक निर्वाण प्रतिनिधि सभा सदस्य तथा व्यवसायी विनोद चौधरीका छोरा हुन्।

अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकका दुवै स्रोतले यसको पुष्टि गरेको छ। यो घूस प्रकरणको विषयमा अर्थ मन्त्री जनार्दन शर्मा र प्रधानमन्त्री शेरबहादुर देउवा जानकार भए पनि अहिलेसम्म कर्णमाथि कारबाहीको प्रक्रिया शुरू भएको छैन।

शुक्रबार एक सार्वजनिक कार्यक्रममा अर्थ मन्त्री शर्माले नेपाल राष्ट्र बैंकको सञ्चालक समितिका एक सदस्यले घूस मागेको कुरा आफूले सुनेको बताएका थिए। केन्द्रीय ब्यांकका ती सञ्चालकले ३० हजार डलर चाहियो भनेर बार्गेनिङ गरेको तर आफूलाई त्यसको आधिकारिकता भने थाहा नभएको अर्थ मन्त्रीको कथन थियो।

“त्यस्ता सञ्चालक समिति सदस्य भएपछि पारदर्शिता हुन्छ? सबैले आफ्नो ठाउँमा मर्यादा राख्नु पर्दैन?” अर्थ मन्त्रीले प्रश्न गरेका थिए। अर्थ मन्त्रीले सार्वजनिक कार्यक्रममा नखुलाए पनि बार्गेनिङ गर्ने राष्ट्र ब्यांकका सञ्चालक समिति सदस्यबारे उनलाई सूचना यसअघि नै पुगेको अर्थ मन्त्रालय स्रोत बताउँछ।

सरकारले बिहीबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पदबाट हटाउने उद्देश्य सहित सर्वोच्च अदालतका पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीको अध्यक्षतामा न्यायिक जाँचबुझ समिति गठन गरेको छ। समिति गठनसँगै अधिकारी स्वतः निलम्बनमा परेका छन्।

अधिकारीलाई निलम्बन गरेपछि कार्यबाहक गभर्नरको जिम्मेवारी डेपुटी गभर्नर निलम ढुंगानालाई दिइएको छ।

पछिल्लो समय अर्थतन्त्र संकटमा पर्दै गएपछि गभर्नर अधिकारी र अर्थमन्त्री जनार्दन शर्माबीच तिक्तता बढेको थियो। तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारद्वारा नियुक्त अधिकारीको भूमिकाबारे छलफल भएको थियो।

शुक्रबार काठमाडौंमा भएको एक कार्यक्रममा अर्थमन्त्री शर्मा र अधिकारीबीच अर्थतन्त्रमा देखिएको संकटबारे दोहोरी नै चलेको थियो। मन्त्री शर्माले अर्थतन्त्रमा चर्चा भए जस्तो संकट नरहेको बताउँदा अधिकारीले श्रीलंकाको बाटोमा गइसकेको टिप्पणी गरेका थिए।

त्यसैगरी व्यवसायी पृथ्वीबहादुर शाहले अमेरिकाबाट ४० करोड रूपैयाँलाई लिएर राष्ट्र बैंककै अधिकारीहरुले कमिसन बार्गेनिङ गरेको आरोप पनि शर्माले लगाएका थिए।

देशको आर्थिक अवस्था ध्वस्त पारेको तथा महत्वपूर्ण सूचनाहरु चुहाएको आरोपमा उनलाई निलम्बन गरिएको स्रोतले बताएको छ।

नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्य कर्णले घूस मागेको विषयलाई पनि अर्थ मन्त्रालयले अधिकारीमाथि छानबिन गर्नुपर्ने कारण मानेको छ। “गभर्नरलाई कर्णको अनैतिक क्रियाकलापबारे पटक पटक जानकारी गराउँदा पनि उहाँ (गभर्नर) मौन बस्नुभएपछि छानबिन शुरू गरिएको हो,” मन्त्रालय स्रोतले भन्यो।

यस अघि नेपाल राष्ट्र बैंक झण्डै ६ अर्ब ५० करोड रुपैयाँ घोटाला गरेको छ।

प्रतिकृया दिनुहोस