पृथ्वी शाहलाई नेपाल राष्ट्र बैंकको फसाउने योजना, यस्तो छ नालिबेली ?

को हुन् शाह ?

Prathivi

काठमाडौँ । नेपाल राष्ट्र बैंकले दुई वर्षदेखि आफ्नो करिब १४ करोड रकम रोक्का राखेर आफूलाई दुख दिएको पृथ्वीबहादुर शाहले गुनासो गरेका छन्।

शाहका नाममा आएको अमेरिकाबाट आएको ४० करोड रकम खुला गर्न अर्थमन्त्री जनार्दन शर्माले समेत दबाद दिएको विषयमा समाचार प्रकाशन भएपछि बिहीबार पत्रकार सम्मेलन गरी शाहले यस्तो गुनासो गरेका हुन्।

एक दैनिक पत्रिकाको फ्रण्ट पेजमा “अमेरिकाबाट आएको शंकास्पद ४० करोड छुटाउन अर्थमन्त्री नै सक्रिय” शिर्षकमा न्युजआएपछि व्यावसायी देखि सरकारसम्म चर्चाको विषय बनेको छ ।

अर्थमन्त्री शर्माको नाम जोडिएपछि कार्यालय समयपश्चात अर्थमन्त्रालयको सचिवालयबाट यसको स्पष्टिकरण दिएको छ ।

अर्थमन्त्रालयको स्पष्टिकरणमा व्यावासायी पृथ्वी शाहले अमेरिकाबाट ल्याएको १२ लाख डलरको स्रोत खोज्दै भएको अनुसन्धानमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले १७ माघ, ०७८ मा राष्ट्र बैंकलाई पत्र लेखेर कसुर अपराधमा संलग्न नरहेको पुष्टि भएका कारण निजका बैंक खाताहरु रोक्का राख्नु नपर्ने निर्देशन दिएको थियो ।


विभागले ११ माघ, ०७८ मा शाहको नाममा रहेका बैंक खाताहरु फुकुवा गर्ने निर्णय गर्दै राष्ट्र बैंक र अन्य बैंकलाई पनि पत्राचार गरेपनि निजका बैंक खाताहरु फुकुवा नभएपछि शाहले ११ चैतमा अर्थमन्त्री शर्मा समक्ष निवेदन दिएका थिए ।

सोही अनुसार अर्थमन्त्री शर्माले वैदेशिक लगानी भित्राउन सहजिकरण गर्नुपर्ने भन्दै शाहलाई थप दुःख नदिई बैंक खाता फुकुवा गर्न केन्द्रीय बैंकमा आग्रह गरिएको जनाईएको छ ।

व्यावसायी शाहले सोही दिन आज-४ बजे नै पत्रकार सम्मेलन गरे । पत्रकार सम्मेलनमा उनले आफुले कुनै पनि ग्रैह कानुनी काम गरेर आर्जन नगरेको र कुनै बाधा विना नै आउनुपर्नेमा राष्ट्र बैंकले विभिन्न बाहनामा दुख दिएको बताए । त्यसपछि उनले अर्थमन्त्रलायमा आफ्नो गुनासो समेत राखेको खुलाए ।

“लामो समयसम्म राष्ट्र बैंकले अल्झाईराखेपछि अर्थमन्त्रलयमा एक सामान्य व्यावसायीको रुपमा गएर सहजिकरणका निम्ती आवेदन दिएको थिए, अन्यथा म कुनै पनि पार्टीको कार्यक्रता तथा व्यक्तिगत सम्बन्धिमा थिईन” उनले भने ।

व्यावसायी शाहले न्युजमा आएको जस्तो ४० करोड बराबरको रकम नभएको र दुई महिना देखि रोकिएको भनिएकोमा विगत दुई वर्षदेखि आफ्नो रकम रोकिएको भनेर खण्डन समेत गरे ।

को हुन् शाह ?

शाह सुदुरपश्चिम प्रदेश अछाम जिल्लाको तत्कालिन दर्ना गा।वि।स।वडा नम्बर ८ मा वि।सं।२०४४ साल वैशाख २७ गते जन्मिएका थिए । साधारण आर्थिक अवस्था भएको परिबारमा जन्मिएका उनले गाउँकै विन्दावासिनि माध्यामिक विद्यालय, दर्नाबाट २०५९ सालमा एसएलसी पास गरे । त्यसपछि उनी ‘प्लस टू’ को अध्ययनका लागि काठमाडौँ आए । उनले आफ्नो प्लस टु को अध्ययन पशुपति बहुमुखि क्याम्पास चावहिलबाट २०६२ मा सम्पन्न गरे । सोही कलेजबाट विं सं। २०६६ मा ब्याचुलर तहको उच्च शिक्षा हाँसिल गरेका हुन् ।

यसरी आफ्नो अध्ययन अगाडी बढाउने क्रममा त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र र सामाजिक शास्त्रमा उनले मास्छर डिग्री पनि उत्तिर्ण गरिसकेका छन् ।

अध्ययनको शिलशिलामा काठमाडौँ आएका उनले अध्ययनको साथ साथै २०६२ साल पुस देखि नै जागिर सुरु गरे । वेस्र्टन युनियन रेमिट्यान्समा प्रशासनिक प्रबन्धकको रुपमा उनले तीन वर्ष काम गरेर २०६५ पुसमा त्यहाँबाट बाहिरीएका थिए ।


यसरी सुरु भयो उनको व्यावसायीक यात्रा
जागिर गर्दा गर्दै उनले २०६४ सालमा आफ्नो वल्र्ड ट्राभल एण्ड इन्भेष्टमेन्ट कम्पनी दर्ता गरे । यसरी व्यावसायीक जिवन सुरु गरेका शाहले पछिल्लो समय व्यावसाय विस्तार गरि आफ्नै ७ वटा कम्पनी सञ्चालन गर्दै आएका थिए । पछिल्लो समय होली डे एण्ड ट्राभल, पे सेफ रेमिट्यान्स ९जसको देशभर २५ शाखा सञ्चानमा थिए०, हार्डवेयर एक्पोर्ट÷इम्पोर्ट व्यावसाय चारवटा गोदाम र रियल स्टेट र सहकारी व्यवस्थित रुपले करिब सयौँ कर्मचारिमार्फत सञ्चालन गर्दै आईरहेका थिए ।
यी सबै कम्पनीहर बाह्य मुलुकसँग सम्बिधित रहेका छन् । अर्थात ट्राभल एजेन्सी तथा रेमिट्यान्सका ग्राहक आन्तरिक भन्दा बाह्य मुलुकमा रहने नेपाली र बाह्य मुलुकका नागरिक नै हुनु स्वाभाविक हो । यता हार्डवेयरका सामानहरुपनि दोस्रो मुलुकबाट नै लिने गरिन्छ । यसरी उनको व्यावसाय सञ्चानल भईरहेको थियो ।


यसरी मुछिए विवादमा
कोभिडको महामारीका कारण नेपाल लगायतका अन्य मुलुकमा बन्दा बन्दी हुनुपूर्व विभिन्न बैंकहरुमा ट्राभल्स र रेमिट्यान्सको प्रयोजनका लागि नेपाल घुम्न तथा लगानी गर्न आउने उद्देश्यले विदेशी कम्पनीमार्फत शाहको कम्पनीमा रकम पठाएका थिए । जति बेला नेपाल सरकारले भिजिट नेपाल–२०२० को व्यापक प्रचार समेत गरेको थियो । त्यो पैसा पठाउनेमा बढीजसो नेपालको पर्यटन वर्षको लागि गरिएको अग्रिक बुकिङ पनि थियो ।
सो रकमलाई लिएर राष्ट्र बैंकले शाहलाई नै थाहा नदिई सिआईबिमा पठाएको उनले बताए । त्यसपछि सिआईविको अनुसन्धानमा आफु स्वयम उपस्थित भएर सहजिकरण गरेको उनको भनाई छ ।


सिआइविले केही समय अनुसन्धान गर्दा केही त्रुटि फेला नपारेपछि थप अनुसन्धान गर्न सम्पत्ती सुद्धीकरण विभागमा पठाईएको थियो । त्यहाँ पनि शाहले आफैले आयव्यय देखाएर अनुसन्धानलाई थप सहज गराईदिए ।


सम्पत्ति सुद्धिकरण विभागले पनि अनुसन्धान गर्दा केही त्रुटि फेला नपारेपछि गएको माघमा खाता फुकुवा गर्न भनि विभागले नै लिखित पठाएको थियो । उद्यपी केही समय भने शाहलाई निगरानिमा राखेको थियो । त्यसको दुई महिना पछि अर्थात यहि चैत २० गते विभागले कुनै पनि कैफियत नभएको र खाता खुलाउन आग्रह गरेको थियो । यद्यपी राष्ट्र बैंकले भने खाता सञ्चालन गरिदिएन । खाता सञ्चालनमा नआएपछि शाहिले राष्ट्र बैंकसँग सम्पर्क गरे । तर विभिन्न बाहना गरि उनले अरु नै मान्छेमार्फत कमिशन९घुस० दिएमात्रै खाता सञ्चालन गरिदिने कुरा गरेको बताए ।

राष्ट्र बैंकका तर्फबाट बैंकमा आबद्ध नरहेका व्यक्ति प्रयोग गरि २५ प्रतिशत घुस मागेको उनले बताएका छन् । “मैले सहजिकरण गरिदिन आग्रह गरेका व्यक्तिले होइन तर बाहिर आएपछि मेरा कम्पनीमा भएका खाता र उक्त खातामा भएको रकमको विवरण, आयको स्रोत यस्तो र यति रहेछ तपाईको २५ प्रतिशत कमिशत दिए काम हुन्छ भन्ने व्यक्तिहरु भेटिएका थिए, यदि राष्ट्र बैंकका कर्मचारीले उक्त सूचना दिएर घुस माग्न नभनेको भए त्यी व्यक्तिले मेरा हरेक बैंकका खाताको विवरण कसरी थाहा पाए रु” उनले भने । यद्यपी शाहले आफुले कुनै दुई नम्बरी काम नगरी सहि मार्गबाट कमाएर सरकारलाई राजस्व समेत तिरेको हुँदा घुस कुनै पनि हालतमा नदिने प्रतिबद्धता समेत गरेका छन् ।

यस्तो छ शाहले जारी गरेको विज्ञप्ति

आज मिति २०७८ चैत २४ गते कान्तिपुर राष्ट्रिय दैनिकमा प्रकाशित अमेरिकाबाट आएको शंकास्पद रु ४० करोड छुटाउन भन्ने शीर्षकको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। उक्त समाचारमा छापिएका कुठारामकहरूका छन्

१. समाचारमा मेरो हवला दिएर मेरा भनाइ प्रकाशित भएका कल डिटेल हेर्दा थाहा हुन्छ मसँग कान्तिपुर दैनिकका कुनै पत्रकारले सम्पर्क गर्नुभएको छैन।

२. समाचार उल्लेखित रु ४० करोड रोक्का रकम भनिएको तर मेरो रोकिएको रकम १२ लाख अमेरिकी डलर अर्थात् करिब रु १४ करोड मात्र हुन आउँछ।

३. समाचार दुई महिनादेखि रकम रोकिएको भनिएको छ तर मेरो रकम विगत दुई वर्षदेखि रोकिएको हो।

४. सो समाचारमा मलाई माओवादी पार्टीका कार्यकर्ता भनि तोकिएको छ, तर म हालसम्म कुनै पनि पार्टी सदस्य नरहेको जानकारी गराउँछु।

सत्यतथ्य के हो ?

१. म विगत १६ वर्षदेखि निम्नाअनुसार व्यवसाय गर्दै आएको छु।

-होली डे एन्ड ट्राभल्स, पे सेफ रेमिटेन्स (देशभर २५ वटा शाखा रहेको छ।)

-हार्डवयर एक्पोट/इम्पोर्ट व्यावसाय जसका चार वटा गोदाम रहेका छन्। -रियल स्टेट र सहकारी सञ्चालन

२. विगत दुई वर्ष बन्दाबन्दी हुनुपुर्वदेखि विभिन्न बैंकहरूमा भन्स र रेमिटेन्सको प्रयोजनका लागि नेपालमा घुम्न आउने तथा लगानी गर्न आउने उद्देश्यले विदेशी कम्पनीमार्फत विदेशी नागरिकले हाम्रा कम्पनीमा रकम पठाएका थिए।

३. सो रकमलाई राष्ट्र बैंकले खाता रोक्का गरी छानविन गर्न सिआइबिमा पठाएको थियो।

४. सिआइबीको अनुसन्धानबाट केही कमजोरी फेला नपरेपपिछ थप अनुसन्धान गर्न भनि सम्पत्ती सुद्धीकरण अनुसन्धान विभागमा पठाएको थियो।

५. सम्पत्ति सुद्धीकरण विभागले अनुसन्धान गर्दा कुनै पनि कमजोरी नदेखिएपछि विसं २०७८ माघ १७ गते खाता फुकुवाका लागि राष्ट्र बैंकलाई पत्र लेखी पठाएको छ।

६. सो पत्र प्राप्त हुँदा पनि हालसम्म राष्ट्र बैंकले विभिन्न बहाना बनाएर खाता खोलेको छैन।

७. सो अवस्था सिर्जना भएपछि मैले माननीय अर्थमन्त्री ज्यूलाई सम्बोधन गरी न्याय दिन अनुरोध गर्दै निवेदन दिएको थिए।

८. सम्पत्ती सुद्धीकरण विभागले मिति २०७८ चैत २० गते अनुसन्धानबाट कुनै पनि कैफियत नभएको भनि खाता फुकुवा गरिदिन चिठी पठाएको थियो।

९. राष्ट्र बैंकले कुनै पनि कारणबाट मलाई फसाउन नसक्ने भएपछि त्यहाँका अधिकारीबाट पत्रकारलाई झुटा र भ्रमक तथ्य दिएर समाचार छपाएको कि भन्ने प्रश्न भन्ने मलाई लागेको छ। अन्तमा यी विगत दुई वर्षमा मेरो आर्थिक कारोबार डामाडोल भइ ६० जना कर्मचारीलाई तलब दिन सकेको छैन। मेरो सम्पूर्ण चलअचल सम्पत्ती बेचबिखन गरेर कारोबारलाई निन्तरता दिएको छु। मैलै आफूले चढ्दै आएको गाडीसमेत बेचेर कर्मचारीलाई तलब खुलाएको छ। साथीभाइ र विभिन्न वित्तीय संस्थाबाट ऋण लिएको तिर्न नसक्दा म मानसिक रुपमा प्रताडित भएको छु।

देशमा केही गरौं भन्ने युवालाई यस खालको प्रताडन दिइन्छ भने देशको आर्थिक विकास कसरी हुन्छ ? यो सीलसीलामा राष्ट्र बैंकको आधिकारीहरूलाई पैसा दिएर काम गरिदिन्छौं भन्दै विभिन्न दलालहरू सम्पर्कमा आई सो रकमको २५ प्रतिशत करिब रु तीन करोड माग गरेका थिए। सो विषय इन्कार गर्दै कमजोरी भए सम्पूर्ण रकम जफत गर्न चुनौति दिएको थिए। सोही कारण यी परिस्थिती सिर्जना भएको जानकारी गराउँदै मलाई न्याय दिन सम्पूर्ण निकायसँग आग्रह गर्दछु। मेरो कारणबाट माननीय अर्थमन्त्री श्री जनार्दन शर्माको नाम जोडिप्रति दुःख व्यक्त गर्दछु। साथै मेरो नाम लिएर लेखिएका समाचारमा कुनै पनि सत्यता नरहेकाले सो भ्रममा नपर्न सबैलाई सहश्र अनुरोधसमेत गर्दछु।

पृथ्वीबहादुर शाह

२०७८ चैत २४

प्रतिकृया दिनुहोस