दीपेन्द्रकाे शतकमा मलेसियामाथि नेपालकाे सानदार जित

Nepal vs malesiya tu ground

काठमाडौं । दीपेन्द्र सिंह ऐरीले सानदार शतक प्रहार गरेपछि नेपालले त्रिकोणात्मक टी-२० शृंखला अन्तर्गत शनिबार भएको अन्तिम लिग खेलमा मलेसियालाई ८५ रनले पराजित गरेको छ ।

पराजित भएसँगै मलेसिया प्रतियोगिताबाट बाहिरिएको छ । जितसँगै नेपालले ४ खेलबाट ८ अंक जोडेर अपराजित हुँदै फाइनलपुगेको हो । यता मलेसिया भने प्रतियोगिताबाट बाहिरिएको छ ।

मलेसिया बाहिरिएसँगै पपुवा न्युगिनी फाइनलमा प्रवेश गरेको छ । दुबै टोलीको समान अंक भएपनि रन रेटको आधारमा पीएनजी फाइनलमा पुगेको हो । अब पीएनजी र नेपालबीचको फाइनल खेल सोमबार त्रिवि क्रिकेट मैदानमा मध्यान्ह १२ः३० मा हुनेछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दीपेन्द्रले एक साताभित्रै दोस्रो शतक प्रहार गर्ने क्रममा अविजित ११० रन बनाउँदा नेपालले मलेसियालाई २२३ रनको लक्ष्य दिएको थियो । तर मलेसिया एक बल अगावै १३८ रनमा अलआउट भयो ।

मलेसियाले पहिलो ओभरको अन्तिम बलमा आफ्नो पहिलो विकेट गुमायो । मलेसियाका जुबैदी जुल्कीफ्लेलाई कमलसिंह ऐरीले खाता नखोल्दै क्याच आउट गराए । मलेसियाले छैटौं ओभरको चौथो बलमा आफ्नो दोस्रो विकेट गुमायो ।

मलेसियाका विरन्दीप सिंहलाई कमलले ४७ रनमा क्याच आउट गराए । १०औं ओभरमो चौथो बलमा नेपालका लागि सन्दीप लामिछानेले तेस्रो सफलता दिलाए । उनले सायद अजिजलाई १७ रनमा क्याच आउट गराए ।

मलेसियाले ११औं ओभरको पाँचौं बलमा आफ्नो चौथो विकेट गुमायो । मलेसियाका सार्विन मुनियाद १ रन बनाएर आउट भए । १३औं ओभरको दोस्रो बलमा मलेसियाले आफ्नो पाँचौं विकेट गुमायो । मलेसियाका कप्तान अहमेद फैजलाई ३३ रनमा सन्दीप लामिछानेले क्याच आउट गराए ।

१५औं ओभरको चौथो र पाँचौं बलमा मलेसियाले लगातार दुई विकेट गुमायो । मलेसियाका मोहम्द आमिर १ रन र मोहम्द साहायदत्त ८ रन बनाएर क्याच आउट भए । दुबै विकेट दिपेन्द्रले लिएका हुन् । मलेसियाले १६औं ओभरको अन्तिम बलमा आफ्नो आठौं विकेट गुमायो । सायजरुल इदरुसलाई खाता खोल्न नपाउँदै सन्दीपले कट एण्ड बोल्ड आउट गरे ।

१९औं ओभरको पहिलो बलमा कुशल भुर्तेलले नेपालका लागि नवौं सफलता दिलाए । उनले अनिनोल हाफिजलाई क्यच आउट गराए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २२३ रन बनायो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले शतकीय पारी खेले । ५७ बल खेलेका उनले १० चौका र ६ छक्काको सहयोगमा नट आउट ११० रन बनाए । दिपेन्द्रको यो टी–ट्वान्टी अन्तर्राष्ट्रिय पहिलो शतक हो । नेपालका लागि टी–ट्वान्टी अन्तर्राष्ट्रियमा उनलको चौथो शतक हो ।

नेपालका लागि रोहित कुमार पौड्यलले ५१ रनको अर्धशतकीय पारी खेलेका थिए । ३४ बल खेलेका उनले ५ चौका प्रहार गरे । रोहितलाई मोहमद आमिरले क्याच आउट गराए ।

रोहितको टी–ट्वान्टी अन्तर्राष्ट्रियमा यो पहिलो अर्धशतक हो । नेपालका आदिल अन्सारीले १४ रनको योगदान गरे । आदिल रन आउट भए । यसअघि ननेपालले आरिफ शेख चौथो विकेटको रुपमा पेवेलियन फर्किए । उनलाई सायजरुल इदुरुसले बोल्ड आउट गराएका थिए ।

तेस्रो ओभरको तेस्रो बलमा अफ्नो पहिलो विकेट गुमायो । नेपालका ओपनर कुशल भुर्तेललाई मलेसियाका मोहम्द वाफिकले १२ रनमा एलबीडब्लू आउट गराए । नेपालले चौथो ओभरको दोस्रो बलमा आफ्नो दोस्रो विकेग गुमायो । नेपालका आसिफ शेखलाई पवनदीप सिंहले १८ रनमा क्याच आउट गराए ।

 

प्रतिकृया दिनुहोस