त्रिदेशीय टी-२० शृङखलामा नेपाल र पीएनजी आज खेल्दै

Nepal vs png 5

काठमाडौं । पपुवा न्यूगिनी (पीएनजी)विरुद्धको दुवै खेलमा पराजित भएपछि नेपालले घरेलु भूमिमा खेलेको पहिलो द्विपक्षीय एक दिवसीय अन्तर्राष्ट्रिय शृङखला गुमायो ।

नेपालले अहिलेसम्म चार वटा एक दिवसीय अन्तर्राष्ट्रिय शृङखला खेल्दा पहिलो पटक शृङखला गुमाएको हो । यसअघि नेदरल्याण्ड्ससँग खेलेको ऐतिहासिक शृङखला बराबरी गरेको नेपालले यूएई र पीएनजीविरुद्धकै एक दिवसीय शृङखला जितेको थियो ।

घरेलु मैदानमा दुवै एक दिवसीय खेल हारेको नेपाल फरक फर्म्यायाटमा फरक नतिजाको अपेक्षासहित त्रिदेशीय टी-२० श्रृंखलाको पहिलो खेलमा आज पीएनजीसँग खेल्दैछ ।

टी-२० शृङखलामा नेपाल र पीएनजीसहित मलेसियासमेत सहभागी छ । तीन टिमबीच एक आपसमा दुई/दुई खेल हुनेछ र शीर्ष दुई टिमबीच फाइनल खेल हुनेछ ।

यस पटक नेपाली टिममा युवा खेलाडीहरूको बाहुल्य छ । २१ वर्षीय सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली टिममा सबैभन्दा सिनियर खेलाडीको रुपमा सोमपाल कामी र करण केसी हुनेछन् ।

यसअघि पीएनजीसँग खेलेका सन्दीप र सोमपालसहित ७ खेलाडी टी-२० शृङखलामा पनि टिममा छन् ।

करण केसी, आसिफ शेख, अविनाश बोहरा, विवेक यादव, दिलीप नाथ, लोकेश बम, कुशल मल्ल र आदिल अन्सारी टी–२० टोलीमा छन् । यू-१९ एसिया कप खेलेका आदिल पहिलो पटक सिनियर टिममा परेका हुन् । यसअघि देव खनालले एक दिवसीमा डेब्यु गरेका थिए ।

पारस खड्काको पुस्ताका खेलाडीविना नेपालको सिनियर टिमले पहिलो पटक खेलिरहेको छ ।

एक महिनाअघि ओमानमा भएको टी-२० विश्वकप छनोटमा खेलेका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल यसपटक दुवै फर्म्याटको टिममा परेनन् ।

पुस्ता हस्तानतरणको प्रक्रियामा रहेको नेपालले एक दिवसीयमा पीएनजीसँग दुवै खेलमा पराजित हुँदा युवा खेलाडीको लागि विभिन्न सकरात्मक पक्षहरू समेत थिए । रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीले पीएनजीविरुद्ध शतक प्रहार गरे । रोहित टी-२० टिममा भने छैनन् ।

एक दिवसीय खेल गुमाए पनि त्यसका सकारात्मक पक्षलाई आत्मसाथ गर्दै नेपाली टोली पीएनजीविरुद्ध मैदान उत्रदैंछ ।

पीएनजीविरुदध नेपालले यसअघि जम्मा एक मात्र टी-२० अन्तर्राष्ट्रिय खेल खेलेको छ । सात वर्षअघि भएको उक्त खेलमा नेपाल पराजित भएको थियो ।

सन् २०१५ मा आयरल्याण्डमा भएको टी-२० विश्वकप छनोटमा नेपाल पीएनजीसँग ८ विकेटले पराजित भएको थियो । नेपालले दिएको ९४ रनको लक्ष्य पीएनजीले २ विकेट गुमाएर ३५ बल बाँकी छँदै पूरा गरेको थियो । उक्त खेल खेलेका सोमपाल कामी र करण केसी मात्र अहिले नेपाली टिममा छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...