दोहोरो अंकले घट्यो नेप्से परिसुचक, २ अर्ब २७ करोड ४६ लाखको कारोबार

Nepse red

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १४ दशमलव ६७ अंकले घटेर २ हजार ६ सय १६ अंकमा झरेको हो । उता क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ०१ अंकले घटेको छ ।

नेप्से परिसूचक घटेसँगै कारोबारमा पनि धेरै वृद्धि देखिएन । दिनभर भएका ३५ हजार २१२ कारोबारबाट २२४ कम्पनीका ४२ लाख ८७ हजार ५६९ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम २ अर्ब २७ करोड ४६ लाख २६ हजार १९१ रुपैयाँमा रोकिएको छ ।

लगानी समूह १.४४ अङ्कले बढेको छ । यसबाहेक, जीवन बीमा समूह १९७ अङ्कले घटेको छ भने निर्जीवन बीमा समूह ७४ अङ्कले घटेको छ । यसैगरी, उत्पादनमूलक समूह ६८ अङ्कले घटेको छ भने होटल एण्ड टुरिजम समूह ६३ अङ्कले घटेको छ ।

बजार घटेपनि राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ६२५ रुपैयाँ पुगेको छ । यस्तै, इमर्जिङ नेपालको सेयर मूल्य ९.९९ प्रतिशतले बढ्दै प्रतिकित्ता ५१९ रुपैयाँ पुगेको छ ।

 

 

 

 

प्रतिकृया दिनुहोस