आज १७ अंकले घट्यो शेयर, ३ अर्ब ३६ करोडको कारोबार

Nepse red

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७ अंकले घटेको छ । कारोबार सुरू भएदेखि नै घट्न थालेको नेप्से परिसूचक दोहोरो अंकले घट्दै २६ सय ५० अंकमा आएर रोकिएको हो ।

यसक्रममा आज नेप्सेमा ६५ लाख २९ हजार कित्ता सेयर किनबेच भइ ३ अर्ब ३६ करोड ४२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, कारोबार भएका १३ मध्ये ४ समूह बढेका छन् ।

जीवन बीमा समूह १०२ अंक, होटल एण्ड टुरिजम ९७.७, निर्जीवन बीमा समूह ६७ अंक र म्युचुअल फण्ड समूहमा ०.०९ अंकको वृद्धि आएको छ । यीबाहेक, उत्पादनमूलक समूह १०४ अंकले घटेको छ भने जलविद्युत समूह ४५ अंकले घटेको छ ।

यस्तै, अन्य समूह ३५ अंकले घट्दा लघुवित्त समूह ३९ अंकले घटेको छ । यसका साथै, व्यापार समूहमा समेत २७ अंकको गिरावट आउँदा बैंकिङ समूह ११ अंकले घटेको छ । बजार दोहोरो अंकले घटेपनि इमर्जिङ नेपालको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...