सुन र चाँदीको मूल्य घट्यो‚ कतिमा हुँदैछ कारोबार ?

Gold chadi

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य एक लाख दुई हजार ३०० रूपैयाँ तोकिएको छ। अघिल्लो दिन प्रतितोला एक लाख दुई हजार ८०० रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै‚ आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार ८०० रूपैयाँ तोकिएको छ। आइतबार प्रतितोला एक लाख दुइ हजार ३०० रूपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले घटेर एक हजार ४१५ रूपैयाँ तोकिएको महासंघले जनाएको छ ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९७३ डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...