अमेरिका र फ्रान्समा देखियो अर्काे नयाँ भेरियन्ट, त्रास फैलिने चिन्ता

Deltacron corona

काठमाडौं । कोरोना संक्रमणको तेस्रो लहरको त्रास नसकिँदै फेरि अमेरिका र फ्रान्समा अर्काे नयाँ भेरियन्ट देखिएपछि थप त्रास फैलिएको छ ।

‘डेल्टाक्रोन’ नाम दिइएको उक्त भेरियन्टले डेल्टा र ओमिक्रोन दुवैको असर देखिने भाइरोलोजिस्टहरूले बताएका छन् । गत मार्च ९ मा नेदरल्यान्ड्स र डेनमार्कमा पनि यहि भेरियन्ट देखापरेको विश्व स्वास्थ्य संगठनले उल्लेख गरेको थियो ।

कोभिडका यसअघिका भेरियन्ट ओमिक्रोन र डेल्टासँग मिल्दोजुल्दो भएको साइप्रसको एक ल्याबमा गरिएको अनुसन्धानबाट पुष्टि भएको अन्तर्राष्ट्रिय समाचार संस्था स्काई न्युजले उल्लेख गरेको छ । हालसम्म दुई अमेरिकी नागरिकमा डेल्टाक्रोन संक्रमण देखिएको र अन्य धेरैमा योसँग मिल्दोजुल्दो लक्षण देखिएको स्काई न्युजले लेखेको छ ।

गत महिना बेलायतको स्वास्थ्य सुरक्षा एजेन्सी (यूकेएचएसए) ले एक जना बेलायती नागरिकमा डेल्टा र ओमिक्रोन दुवैको लक्षण देखिएको बताएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...