चैतमा पनि ब्याजदर नघटाउने बैंकर्स संघको निर्णय, ब्याजदर स्थिर राख्ने भद्र सहमति

Nepal bankers assocation 29

काठमाडौं । वाणिज्य बैंकहरुले चैतका लागि निक्षेपमा नयाँ ब्याजदर ११.०३ प्रतिशत नै दिने निर्णय गरेका छन् । निक्षेपको ब्याजदर बढाउँदा कर्जाको ब्याजदरमा समेत असर गर्छ ।

हरेक तीन(तीन महिनामा बैंकहरुले आधार दर सार्वजनिक गर्नुपर्ने नियम छ । निक्षेपको ब्याजदर बढ्दा आधार दर बढ्ने हुन्छ, जसको प्रत्यक्ष असर ऋणको ब्याजदरमा समेत पर्छ ।

बैंकहरुले हरेक महिना निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । पछिल्लो केही महिना यता लगानी योग्य रकमको अभाव हुँदा बैंकहरुले निक्षेपको ब्याजदर लगातार बढाउँदै आएका छन् । फागुन महिनामा सहज भए चैतका लागि ब्याजदर घटाउने बैंकर्सहरुको भनाइ थियो । तर तरलता समस्या सहज नभएपछि ब्याजदर स्थिर राख्ने बैंकहरुले भद्र सहमति गरेका हुन् ।

बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले निक्षेपमा फागुनकै ब्याजदरलाई निरन्तरता दिने निर्णय गरिएको जानकारी दिए । अधिकांश बैंकर्सहरुले ब्याजदर घटाउने होइन बढाउनु पर्ने धारणा राखेका थिए । तर ब्याजदर बढाएर मात्रै निक्षेप नआउने भन्दै आइतबार ब्याजदर स्थिर राख्ने निणर्य संघले गरेको हो ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...