सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्न माग

Swasthya vet

काठमाडौं । नेपाल अर्बुद रोग निवारण संस्थाले नेपालमा सुर्तीजन्य पदार्थ न्यूनीकरण गर्नका लागि सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्न माग गरेको छ ।

संस्थाका निवर्तमान अध्यक्ष ईश्वर श्रेष्ठ ‘लोकेन्द्र” को नेतृत्वमा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोख्रेललार्इ भेटी नेपालमा सुर्तीजन्य पदार्थ न्यूनीकरण गर्न सुर्तीजन्य पदार्थमा कर वृद्धि अनिवार्य रहेको औल्याएको हो ।

संस्थाले गर्न नेपाल मा सुर्तीजन्य पदार्थ लाई न्यूनीकरण गर्नका लागि नेपाल अर्बुद रोग निवारण संस्था को मिति यही पुस २३ र २४ गते सम्पन्न भएको ३१औं केन्द्रीय सभाबाट पारित गरेको लहान घोषण पत्र हस्तान्तरण गरेको छ । साथै संस्थाले सहमति सहकार्यबाट अगाडी बढ्न आग्रह गरेको छ ।

सो घोषणा पत्र हस्तान्त्रण गर्दै सो संस्थाले भक्तपुर क्यान्सर अस्पताल तत्काल संस्थालाई फर्काउने वातावरण मिलाई दिन आग्रह पनि गरेको छ । केही वर्षअघि नगरपालिकाको कब्जा गरको थियो । तर, संस्थाले हालेको मुद्दामा नगरपालिका पराजित भएपछि नेपाल सरकारले आफ्नो कब्जामा लिएको थियो । त्यसलाई तत्काल संस्थाको मातहतमा फकाउन सके क्यान्सरका विरामीहरुलाई ठूलो टेवा पुग्ने संस्थाको ठहर छ ।

सो भेटमा संस्थाका उपाध्यक्ष कृष्णबहादुर बस्नेत, महासचिव विमलकुमार होडा, कोषाध्यक्ष दिनेश शंकर पालिखे, सदस्यहरु कमल श्रेष्ठ, रति श्रेष्ठ, हर्ष नारायण कर्माचार्य, एनडिआरआईका निर्देशक डा. जयकुमार गुरुङ, दुर्गा लक्ष्मी परोपकार संस्थाका महासचिव डा. संम्पदा श्रेष्ठको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...