स्वास्थ्य क्षेत्रमा नेपालको सफलता : पहिलोपटक गरियो छाती नचिरी मुटुको सफल शल्यक्रिया

Salyakriya 20

काठमाडौं । बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा शल्यक्रिया बिना नै मुटुको भल्भ फेरिएको छ । शल्यक्रिया बिना नै मुटुको भल्भ फेरिएको देशमै पहिलो पटक भएको अस्पतालले जानकारी दिएको छ ।

संसारमै पिहलाे पटक सन् २००२ मा फ्रान्समा यस प्रविधिद्वारा उपचार गरिएको थियो । अन्य विकसित देशहरुमा पनि यो पद्दतिबाट नियमित रुपमा उपचार हुँदै आए पनि नेपालमा भने शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा पहिलो पटक सफल उपचार गरिएको अस्पतालले जनाएको छ ।

शुक्रबार केन्द्रले आयोजना गरेको पत्रकार सम्मेलनमा निर्देशक डा चन्द्रमणि अधिकारीले ‘ट्रान्सक्याथेटर इरोटिक भल्भ इम्प्लान्टेशन (टीएभीआई) विधिबाट ८० वर्षीया बृद्ध महिलाको सफलता पूर्वक मुटुको भल्भ फेरिदिएको बताए । उनले गत १६ फागुनमा ती महिलाको टीएभीआई विधिबाट भल्भ फेरिदिएको सुनाए । भल्भ फेरिएकी वृद्ध महिला आजै अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

यसरी प्रत्यारोपण भएको भल्भले तुरुन्तै काम सुरु गर्ने हुँदा बिरामीलाई चाँडै नै आराम महसुस हुने र बिरामीलाई बेहोस गरी छाती र मुटु चिरी शल्यक्रिया गर्नु नपर्ने भएकोले जटिलताहरु न्यून हुने र बिरामीलाई चाँडै डिस्चार्ज गर्न सकिने हुन्छ । यो पद्दतिबाट शल्यक्रियाको तुलनामा उपचार प्रभावकारी हुनुका साथै मृत्युदर पनि कम भएको विभिन्न अध्ययनहरुले देखाएका छन् ।

‘हाम्रो टोलीले नेपालमै पहिलो पटक टीएभीआई विधि (जो शल्यक्रिया बिना नै भल्भ फेर्ने विधि भनेर परिचित पनि छ) बाट एक जना ८० बर्षीया महिलाको मुटुको भल्भ प्रत्यारोपण गरिदियौँ । आज उहाँ निको भएर अस्पतालबाट डिस्चार्ज समेत भईसक्नु भएको छ,’ उनले भने ।

शल्यक्रियाको तुलनामा यस पद्धतिको उपचार प्रभावकारी हुनुका साथै मृत्युदर पनि कम भएको विभिन्न अध्ययनले देखाएको उनले बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...