कच्चा तेलको मूल्य बढ्यो, प्रतिव्यारेल ११९ डलर पुग्यो

Crude

काठमाडौं । रुस–युक्रेन युद्धका कारण बजारमा उच्च मूल्य वृद्धि भएको छ । नेपालको औद्योगिक उत्पादनदेखि बजारसम्मका अत्यावश्यक वस्तुको मूल्यमा पर्ने चिन्ता सुरु भएको हो ।

युद्धका कारण रुस र युक्रेनी बजारमा उत्पादन हुने वस्तुको निर्यातमा प्रभावसँगै युद्ध थप चर्किए अन्तर्राष्ट्रिय आपूर्ति व्यवस्था नै खलबलिने भय उत्पन्न भएपछि उच्च मूल्य वृद्धि भएको छ ।

ट्रेन्डिङ इकोनोमीले सार्वजनिक गरेको बिहीबारको विवरणअनुसार ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिव्यारेल ११९ डलर पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

जुन पछिल्लो ११ वर्ष यताकै उच्च हो । तेलको मूल्य बढ्दा नेपालले आयात गर्ने समग्र पेट्रोलियम पदार्थको मूल्य बढ्ने र नेपालको अर्थतन्त्रलाई नै ठूलो असर पुग्छ ।

बिहीबारको कच्चा तेलको मूल्य सन् १ फेब्रुअरी २०१२ को मूल्य भन्दा केही सेन्टले कम हो । त्यसदिन ब्रेन्ट कच्चा तेलको मूल्य १२० डलर प्रतिव्यारेल थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एकीकृत समाजवादीबाट फेरिए चार मन्त्री र एक राज्यमन्त्री, जीवनराम र मेटमणिको ‘इन्ट्री’ (सूचिसहित )

New mantri samajwadi

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । नेकपा एकीकृत समाजवा...