थप १८० जनामा कोरोना संक्रमण, १ जनाको मृत्‍यु

Corona test of man

काठमाडौं। पछिल्लो २४ घण्टामा थप १८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २१८ जनाको पीसीआर परीक्षण गर्दा ११९ जना र ३ हजार १२३ जनाको एन्टिजेन परीक्षण गर्दा ६१ जना गरी १८० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ४०० जना कोरोना संक्रमणमुक्त भएका छन् भने ८ हजार २३५ जना संक्रिय संक्रमित रहेका छन् ।

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १६ हजार ३७१ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९३६ पुगेको छ भने ९ लाख ५६ हजार ४१३ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल ८ हजार २१ जना होम आइसोलेसनमा रहेका छन् भने २१४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ८० जना आईसीयू र ६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ४ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...